विराटनगर,३० भदौ(रासस):प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनु भएको छ।
मुख्यमन्त्री आचार्यले आज साँझ नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ ग्रहण समारोह पछि सञ्चारकर्मीहरुसँग गर्दै विश्वासको मत प्राप्त गर्ने हुनाले सरकारले असोज २२ गते प्रदेश सभा अधिवेशनको आव्हान गरिएको प्रष्ट पार्नु भयो।
उहाँले वर्तमान सरकार जनताको लागि काम गर्ने भएकोले हुनाले सवै प्रदेश सभासदस्यहरुले सरकारको पक्षमा मत दिनुहुने छ भन्दै यो सरकार संविधान अनुसार संचालन भइरहेको बताउनु भयो।
उहाँले आगामी मन्त्रिपरिषद विस्तारमा महिलाको प्रतिनिधित्व गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
प्रतिक्रिया