मनोज दाहाल,विराटनगर,३० भदौ(रासस):प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल आज यहाँ विस्तार गरिएको छ।
विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ।
नव नियुक्त हुने मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने,भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा हुनुहन्छ।
यस्तै उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत,भूमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासीले मुख्यमन्त्री भीमप्रसाद आचार्यलेको सिफारिशमा मन्त्रीहरु तुलसीप्रसाद न्यौपाने र हिरा कुमार थापालाई पद तथा गोपनियताको आज साँझ सपथ ग्रहण गराउनु भयो।
प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार सपथ ग्रहण गराउनु भएको हो।
यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्रीहरु उत्तमकुमार बस्नेत, ज्ञानेश्वर राजवंशी र लिला बल्लभ अधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।
समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव,उच्चपदस्थ कर्मचारी, सुरक्षा अधिकृतहरुको सहभागिता रहेको थियो।
मुख्यमन्त्री आचार्यले यही भदौ ११ मन्त्रिपरिषद गठन गर्नु भएको थियो।मनोज दाहाल
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया