प्रदेश नं १ सरकारलाई नेकपा एकिकृत समाजवादीको समर्थन फिर्ता

मनोज दाहाल २०७८ भदौ २८ गते २२:१० मा प्रकाशित


मनोज दाहाल,विराटनगर,२८ भदौ।प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा एकिकृत( समाजवादी)ले आज समर्थन फिर्ता लिएको छ।

प्रदेश सभा सचिवालयमा नेकपा एकिकृत समाजवादीले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ।

एकिकृत समाजवादीका प्रदेश सभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गर्नु भयो।

दर्ता नं १४७ को पत्रमा एकिकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ।

सो अवसरमा प्रदेश सभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकोले एकिकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठवन्धन दलहरुसँग छलफल गरी सहमती पुग्ने विचार व्यक्त्त गर्नु भयो।

उहाँले एकिकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय बार्ता टोली गठन गरि प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासंग छलफल गर्ने बताउनु भयो।

नेपाल कम्यूनिष्ट पार्टी एमालेका प्रमुख सचेतक वृद्धि कुमार राजभण्डारीले सर्वोच्च अदालतमा मुद्दा चलिररहेकोले एकिकृत समाजवादी दल आधिकारिक नभएको बताउनु भयो।

उहाँले अदालतको फैसलापछि मात्र प्रदेश सरकारले विश्वासको मत लिने वा राजीनामा दिने सम्वन्धमा पार्टीले आधिकारिक निर्णय लिने जानकारी दिनु भयो।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले एकिकृत समाजवादी समर्थन फिर्ता पत्रका सम्वन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी गराउनु बताउनु भयो।

उहाँले यस सम्वन्धमा नेपालको संविधान,प्रदेश सभा नियमावली र प्रचलित कानुन अनुसार अगाडि वढने जानकारी दिनु भयो।

यस अघि आज एकिकृत समाजवादीको प्रदेश नं १ संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको सार्वजनिक गरिएको थियो।नेकपा एकिकृत समाजवादीको प्रदेश सभामा १० जना सदस्यहरु रहेका छन्।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया