२ भदौ,न्युयोर्क,अमेरिका: नेपाली अमेरिकन कलाकार संघको चौंथो विशेष अधिवेशन सम्पन्न भएको छ।उक्त अधिवेशनको प्रमुख अतिथीमा महावाणिज्यदूत बिष्णु प्रसाद गौतम हुनुहुन्थ्यो भने विशेष अतिथीमा फिप्नाका अध्यक्ष लोक चेम्जोड॰ हुनुहुन्थ्यो।वरिष्ठ कलाकार सपना श्रीले निर्वाचित कार्यसमितीलाई अबिर र खादा लगाई बधाई दिनु भएको थियो।अधिवेशनले सर्बसम्मतमा प्रमूख संरक्षक अभय ढुंगेल र निशा सुनुवारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ।
सो अवसरमा वरिष्ठ कलाकार डा.महेश राज ठाकुर,न्हुच्छे नारायण डंगोल,नरबहादुर दाहाल,आङ गेलु शेर्पा,गोमा योन्जन गुरुड॰,नरबीर गुरुड०,सन्जोक लामा योन्जन,नायक बिक्रान्त बस्नेत,पत्रकार दिवाकर बागचन्द,बिके नेवा,सुनिता कोईराला र अंकुर लुईटेल लगायतको उपस्थिति रहेको थियो।एनआरएनका सल्लाहकार बिरेन्द्रजँग केसी,सफक काऊन्टी नेपाली समाजका अध्यक्ष दिनेश डाँगी,यु.एस. नेपाल क्लाईम्बर्स संघका अध्यक्ष पासाड॰ निमा शेर्पा,बिन्दबासिनी म्युजिकका सन्चालक सदस्य रोजवे रेग्मी,एनआरएनए न्युयोर्कका उपाध्यक्ष शोभाकान्त पाण्डे,स्याङ्गजा समाजका अध्यक्ष बिमला हमाल लगायत थुप्रै सँघसस्थाका प्रतिनिधिहरुको बिशेष ऊपस्थितिमा रहेको कार्यक्रममा सोमनाथ घिमिरे प्रमुख निर्वाचन आयुक्त,मनिता गुरुङ र विष्णु राना मगर निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।यस अधिवेसनको निर्वाचन पर्यवेक्षक समितीमा केशब राम राई,गोमा योन्जन,सुमन थाम्साहांग लिम्बु र नवराज केसी हुनुहुन्थ्यो।
महासचिव बिमल डाँगीले सन्चालन गरेको कार्यक्रममा बिगत केही समयको अवधिमा दिवँगत हुनुभएका कलाकारहरु प्रेमध्वज प्रधान्,चेतन कार्की,रत्न बाँनिया, लासमित राई,जेवी टुहुरे,निशा घिमिरे,शम्भुराज थापा(बखते) लगायत कलाकारको समबेदना स्वरुप १ मिनेट मौनधारण गरिएको थियो।
कार्यसमिति यसप्रकार रहेको छ :
प्रमूख संरक्षक- अभय ढुंगेल
अध्यक्ष- निशा सुनार
वरिष्ठ उपाध्यक्ष- वसन्ती राई
उपाध्यक्ष – बिमल डागी
उपाध्यक्ष- विक्की पुलामी
उपाध्यक्ष- ऐट्ना कार्की
उपाध्यक्ष- राजेन्द्र राई
महासचिव-संगिता थापा
सचिव- मधु कुमार गिरी (मधुर)
कोषाध्यक्ष- पुष्कर वराल
सह कोषाध्यक्ष- पुजा न्यौपाने
युथ कोर्डिनेटर -दिलिप कुमार श्रीस
वोर्ड सदस्य – चिनिया लाल श्रेष्ठ
वोर्ड सदस्य- बुद्दीमान घिसिङ
वोर्ड सदस्य- पुष्पा बस्नेत
वोर्ड सदस्य- नविन श्रेष्ठ
वोर्ड सदस्य- माया राई
प्रतिक्रिया