मदन भण्डारी फाउण्डेशनबाट गठित नयाँ कमिटीको पहिलो बैठक बुधबार धनगढीमा सम्पन्न भएको छ ।
मदन भण्डारी फाउण्डेशन कैलालीको अध्यक्षमा रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको बैठकले आउँदो असार असार १४ गते सम्म विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको कुरा मदन भण्डारी फाउण्डेशन कैलालीका सचिव मिन बहादुर रावलले जानकारी दिएका छन् ।
कैलालीको मध्यवर्ति सुखडमा बैठकले ७४ औं मदन जयन्तीको अवसरमा जनता संग जवजको सान्दर्भिकता बिषय बिचार गोष्ठीको आयोजना गरिने भएको कुरा मदन भण्डारी कैलालीका अध्यक्ष रामचन्द्र जोशीले बताएका छन् ।
नेकपा एमालेका महासचिव स्व. मदन भण्डारीको ७४ औं जन्म जयन्तिको अवसरमा कैलालीका १३ वटै पालिकामा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्न लागिएको कुरा अध्यक्ष जोशीले बताएका छन् ।
पहिलो बैठकले मदन भण्डारी फाउण्डेशन कैलालीका विभिन्न समितिहरु समेत निर्माण गरिएको कुरा अध्यक्ष जोशीले बताए ।
कैलाली जिल्ला एतिहासि रुपमा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीले बार्षिक कार्ययोजना तय गरेर मदनका बिचारलाई जनतामाझ स्थापित गर्नका लागि प्रभावकारी योजना बनाएर अभि बढ्ने योजना रहेको समेत जिल्ला अध्यक्ष जोशीले बताएका छन् ।
प्रतिक्रिया