इनास अस्ट्रियाको तीज कार्यक्रममा जे देखियो !

बाबा राजेश्वरी थापा २०७८ भदौ २२ गते १०:४३ मा प्रकाशित

बाबा राजेश्वरी थापा,भिएना : करीब दुइ महिना अगाडी इनास अस्ट्रियाको नवगठित कार्यसमित ले तीज दर कार्यक्रमको सार्वजनिक सूचना र निमन्त्रणा अस्ट्रियावासी नेपालीहरुलाई सामाजिक संजाल मार्फत पठाएको थियो।यसै संस्थाले पोहोर साल पनि आफ्नो तीज कार्यक्रम भव्य रूपमा मनाएको अस्ट्रियावासी नेपालीहरुले भुलेका थिएनन र कार्यक्रम प्रतिको चासो र कार्यक्रममा सहभागी हुने इच्छा धेरैले व्यक्त गरेका पनि थिए।

२०२१ सेप्टेम्बर ४ तारिक को साँझ इनास अस्ट्रियाले अस्ट्रियाको लागि कार्यवाहक नेपाली राजदुत ईला मैनालीको प्रमुख आतिथ्यमा तीज दर साँझ सम्पन्न गर्यो। भिएनामा भएका अधिकांश महिला दिदीबहिनीहरु आफ्नो परिवारको साथमा सहभागी भए भने दाजुभाईहरुले पनि चेलीहरु यस महान चाडको उपलक्षयमा आयोजना गरिएको यस कार्यक्रममा प्रसन्न मुद्रामा सहभागी भएका थिए।कार्यक्रमकी प्रमुख अतिथि कावा राजदूत ईला मैनालीले पानस बालेर शुरु गर्नु भएको थियो र उपस्थित नेपाली समुदायलाइ तीजको शुभकामना मन्तव्य पनि दिनु भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष नबिन कार्की ले दिनु भएको थियो।

कार्यक्रमलाइ दुइ महिला पदाधिकारीहरु उपाध्यक्ष सम्झना बोहोरा र महासचिव शीला अधिकारीले सहजकर्ताको भूमिका निकै रोचक र हसिलो मुद्रामा गर्नु भएको थियो भने, नेपाली संघ संस्थाका पदाधिकारी र सल्लाहकारहरुलाई सम्मानका गरि दोसल्ला,पुलका गुच्चा प्रदान गरिएको थियो तथा समाजका अग्रज र अभियन्ताहरुलाई आसान ग्रहण गराई सम्मान प्रकट गर्नुको साथै संस्थाका पदाधिकारीहरुले भए सम्म र देखेसम्म आमन्त्रित सबै पाहुनाहरुलाइ स्वागत गर्दै न्यानो अभिवादन गर्दा सहभागी सबैले वातावरण निकै आत्मीय भएको महशुस गरेका थिए। कलाकारहरु कन्चन बोहोरा र बिद्या टन्डनको जोडी र मुना गुरुङ, लारिसा तामंग अनि दिब्य ढकालको समुह ले आकर्षक नृत्य गरेको थियो।कलाकार हरु को नृत्य पछि चेलीबेटीहरुले तीज को गीतमा कम्मर मर्काइमर्काइ नाचेका थिए।कार्यक्रमलाइ संस्थाकी अध्यक्ष र समाजकै सक्रिय युवा सन्तोषी भण्डारीले समापन गर्नु भएको थियो।कार्यक्रममा साल्जवुर्ग देखि आफ्नो सम्पूर्ण परिवार लिएर एन आरएन अस्ट्रियाका १९-२१ का आइसिसि सदस्य रा कुमार उपाध्याय सहभागी हहुनु भएको थियो।

नेपाली संस्कृतिक भेषभुषामा र्याप,नृत्य लगायत अन्य आकर्षक कार्यक्रम, राफल चिठ्ठा,मुखै रसाउने नेपाली परिकारहरुले सहभागीहरुको मन जित्नु साथै संस्थाका पदाधिकारीहरु औपचारिक कार्यक्रम सकिएपछि पनि आगन्तुक हरु लाइ गरेको आतिथ्यले धेरै चेलीबेटीहरुलाई माइतिघरको तिर्सना मेटेको अनुभव धेरैले व्यक्त गरे।इनास अस्ट्रियाको तीज दर कार्यक्रममा करीब ३०० सयको हाराहारीमा नेपाली र विदेशी पाहुनाहरुको सहभागिता थियो।स्टेजको अति आधुनिक ढंगले गरेको सजावट निकै राम्रो र कार्यक्रम हलको प्रकाश तथा ध्वनीको राम्रो व्यवस्थापनले कार्यक्रम निकै रमाइलो भयो जानकारी एन आर एन अस्ट्रियाका उपाध्यक्ष कुमार अधिकारीले बताउनु भयो।कार्यक्रमको व्यवस्थापन पक्ष निकै राम्रो भएको र नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा यति धेरै सहभागिता भएको सायद यो पहिलो पटक होला भनेर लामो समय देखि अस्ट्रियामा बसोबास गर्दै आएका बाबुराम बिमलीले बताउनु भयो।

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया