विराटनगर,२१ भदौ।विराटनगर महानगरपालिका–९ मा सञ्चालित एम्स कलेजले आफ्नो शैक्षिक गुणस्तरको उत्कृष्टतालाई निरन्तरता दिन सफल भएको छ।
उक्त कलेजकी छात्रा प्रेक्षा पौडेलले बिएचएम (ब्याचलर अफ होटल मेनेज्मेन्ट) को पहिलो सत्रमा प्रदेश नं १ प्रथम हुनुभएको छ।
त्रिभुवन विश्वविद्यालयको बिएचएम पहिलो सत्रको परिक्षामा पौडेलले ३.७७ जिपीए ल्याउँदै प्रथम हुन सफल हुनुभएको हो।पहिलो सत्रमा कलेजका अधिकांश विद्यार्थी उत्तिर्ण भएका छन् भने तेस्रो सत्रमा पनि १० जना परिक्षार्थी मध्ये ७ जनाले उत्कृष्ट अङ्कका साथ उत्तिर्ण भएको क्याम्पस प्रमुख सीएम बस्नेतले जानकारी दिनु भयो।
यस अघि बिएस्सी सिएस आईटीको पहिलो सत्रमा पनि पाँच जना विशिष्ट श्रेणीसहित प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको थियो।बिएस्सी सिएसआईटीमा २३ जना विद्यार्थीले परिक्षा दिँदा १८ जना उत्र्तीण हुनु भएका थिए जुन प्रदेशको सफल नतिजा थियो।
कलेज यसअघि पनि बिएस्सी सिएसआईटीमा विसं २०७१ र ०७२ सालमा लगातार प्रदेश प्रथम भएको थियो।
‘सिकाई र कमाई सँगसँगै’ भन्ने नाराका साथ अघि बढेको कलेजले सैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई जोड दिँदै आएको छ।अत्याधुनिक संरचनासहित सञ्चालनमा रहेको कलेजले विषय अनुशार अध्यापन गराउनकालागि आवश्यक सवै भौतिक पूर्वाधारहरु निर्माण गरेको छ।प्रयोगात्मक सिकाईका लागि आफ्नै क्याम्पस परिसरमा बेकरी उद्योग र कफी हाउस सञ्चालन ल्याएको कलेजले चाँडै नै बिएचएम र बिएससी सिएसआईटीका विद्यार्थीलाई लक्षित गर्दै उद्योग चलाउने तयारी शुरु गर्न लागेको छ।
एम्स कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी सिएसआईटीसँगै बिबिएस,बिएचएम र बिएका बिषयहरु अध्यापन गराईन्छ।
पछिल्लो समय एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत रहेर सञ्चालन भइरहेको यो कलेजले भौतिक पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै लगेको छ।
फाउण्डेसनका निर्देशक टिकाराम पुरीले क्याम्पसका प्राध्यापकहरु,विद्यार्थी, अभिभावक सबैको मेहनतले मात्र उत्कृष्टता हासिल हुने बताउनुभयो।‘हाम्रा शिक्षणसंस्था अन्तर्राष्ट्रियस्तरका हुनुपर्छ र हाम्रा विद्यार्थी विश्वबजारमा सहजै प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’उहाँले भन्नुभयो,‘ यसकालागि हामी कुनै कसर छाड्दैनौं।’
प्रतिक्रिया