नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा

इनेप्लिज २०७८ भदौ २१ गते १३:२० मा प्रकाशित

नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ।हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ,रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ।बिजेतारूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छआइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सस्कृति, पर्यटन तथा नागरिक उडड्यान सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गर्नुभयो।सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो।

हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभयो।प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्लोवल आइएमइ बैंकको पनि सहयोग रहेको शाक्यले बताउनुभयो ।हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि महासंघ र आइडिया नेपालबीच गत महिना सहकार्य गर्ने सझौता भएको थियो । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले जानकारी गराउनुभयो।

नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि उक्त सझौता भएको होे।यस्ता कार्यक्रमहरूले विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पुर्‍याउने महासंघको अपेक्षा रहेको छ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकलाको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ।निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ।

 

प्रतिक्रिया