नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल वालेट कम्पनी,खल्ती,ले रेमिट्यान्स कम्पनी–सम्सारा रेमिट मार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने तथा नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ।
यस सेवा कार्यान्वयनमा आए सँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन दुबै सक्नेछन्।सम्सारा मार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया,फ्रान्स,लेबनान,इराक,दुबई,दक्षिण कोरिया,जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन्।
खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ।त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्।
सम्सारा रेमिट
सन् २००६ मा स्थापना भएको सम्सारा रेमिट रेमिट्यान्स कम्पनी हो जसले विगत १५ वर्ष भन्दा बढि समय देखि निरन्तर रुपमा रेमिट्यान्स सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको छ।यसको मुख्यालय काठमाडौंको नारायणचौरमा रहेको छ। गुणस्तरीय सुविधाद्वारा ग्राहकहरुको सेवा गर्नु यसको मुख्य उद्देश्य रहेको छ।
देश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्न बैंक धाईरहनु पर्ने झन्झटलाई न्युनिकरण गर्न उक्त सेवा सम्सारा रेमिट सँगको सहकार्यमा संचालनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख,श्री सौरभ राज पाण्डेले बताउनु भयो।खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख,श्री सौरभ राज पाण्डेले बताउनु भयो।
खल्ती डिजिटल वालेट
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी,फिल्म,प्लेन,फोहोर व्यवस्थापन शुल्क,ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने,सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।
थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पुर्ण कुमार राना लाई सम्पर्क वा [email protected] ईमेल गरि बुझ्न सकिन्छ।
प्रतिक्रिया