चुरे आसपासका बस्ती पहिरोको उच्च जोखिममाखानिडाँडाका १९ घर परिवार पहिरोले विस्थापित

वीरेन्द्र रावल २०७८ भदौ १६ गते २२:१४ मा प्रकाशित

वीरेन्द्र रावल,धनगढी,भदौ १६÷कैलाली जिल्लाको दुर्गम चुरेका गाउँपालिका अधिकाँश बस्तीहरु पहिरोको उच्च जोखिममा छन।

असारे विकास,अवैध रुपमा चुरे विनास र चुरे क्षेत्रमा वातावरणीय प्रभाव मुल्याँकन बिनानै विकास निर्माणका कामहरु गरिदा चुरेका क्षेत्रका अधिकाँश बस्तीहरु प्राकृतिक र दैविक प्रकोपको उच्च जोखिममा पर्ने गरेका छन।

चुरे गाउँपालिका वडा नम्बर १,३,५ र ७ का अधिकाँश बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन भने कतिपय बस्तीहरु विस्थापित भएका छन।चुरे गाउँपालिका वडा नम्बर ५ का १९ घर परिवार पहिरोले विस्थापित भएका छन।

चुरे क्षेत्रमा भइरहेको अवैधानीक विकास निर्माणले गर्दा चुरेका अधिकाँश बस्तीहरु पहिरोको उच्च जोखिममा परेको चुरेबासीहरु बताउँछन।

चुरे गाउँपालिका वडा नम्बर ५ का २९ बस्ती पहिरोको जोखिममा छन भने १९ परिवार विस्थापित भएका छन।इलाका प्रहरी कार्यालय फल्टुडेका अनुसार खानिडाँडाको ६ बस्तीका ४० परिवारहरु पहिरोको उच्च जोखिममा रहेका छन। भने १९ परिवार विस्थापित भएका छन।

प्रहरीका अनुसार गत विहीबारदेखि परेको अविरल वर्षाका कारण चुरेका अधिकाँश बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन।

पहिरोले चुरे ५ को खानिडाँडा गोपालेका ९ घर परिवार अति जोखिममा, सात घर परिवार जोखिममा,निमाडाका तीन परिवार अति जोखिममा, कुँडीका चार परिवार अति जोखिममा, मालाका तीन परिवार अति जोखिममा, निङलाडीका चार परिवार जोखिममा र काफल गैराका आठ परिवार अति जोखिममा रहेको चुरे गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरबहादुर तामाङले बताउनु भयो । उहाँले भन्नुभयो— दिउँसोको समयमा पहिरो जाँदा धेरै ठूलो क्षति भएको छैन । तर जमीन दरार परेको छ।अझ वर्षा हुने हो भने सबै बस्तीहरुमा पहिरोले क्षति पुग्ने छ।

पहिरोमा परी विस्थापित भएका जगबहादुर बोहरा भन्नुहुन्छ— बस्ने बाससहित खाने अन्नहरु सबै पहिरोले बगायो।अब कहाँ बस्ने,के खाने चिन्ता भएको छ।उहाँले पहिरोले खेतीपाती पूर्ण रुपमा नष्ट भएको बताउँदै घर पनि बगाएको र चार वटा पशु चौपाया पुरिएर मरेको बताउनु भयो।उहाँले भन्नुभयो—अहिले हामी सडकमा बस्न बाध्य भएका छौं।

त्यस्तै बिरुवा धामीले हाम्रो बस्ती भएको ठाउँ माथिको वन क्षेत्रबाट रुख खाटिएका कारण अफूहरुको घर पहिरोले बगाएको दावी गर्नुभयो।उहाँले भन्नुभयो— घर पहिरोले बगाउँदा खुल्ला सडकमा बस्न बाध्य छौं।छोराछोरीको ज्यानको सुरक्षा कसरी गर्ने र के खुबाउने भन्ने चिन्ताले सताइरहेको छ।

गत वर्षपनि हाम्रो क्षेत्रका धेरै बस्तीहरु पहिरोले गर्दा विस्थापित भएका थिए । अहिले हामी पनि विस्थापित भयौं।उहाँले भन्नुभयो— चुरे विनासका कारण वर्षेनी चुरेबासीहरु विस्थापित हुँदै छन।चुरेका खेतीयोग्य जमीनमा पनि दरार पर्दै जान थालेको छ । हाम्रो व्यवस्थापनका लागि कसैले पनि पहल गरेको छैन।जसले गर्दा आफूहरु सडकमा बस्न बाध्य भएसंगै विस्थापित हुनुपरेको छ।

त्यस्तै, चुरे गाउँपालिका वडा नम्बर १ र ३ को निर्माणाधिन सहजपुर—विपिनगर—बोगटान सडकखण्डको आसपासका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय फल्टुडेले जानएको छ।

चुरे गाउँपालिका वडा नम्बर १ का स्थानीय गणेश बमले निर्माणाधिन सहजपुर—बोगटान सडकले गर्दा चुरेको १ का किम्तोला,खसरे,बजाडी,आम्सेरा, मिलनपुरलगायतका बस्तीहरु जोखिममा रहेको जानकारी दिनुभयो।उहाँले भन्नुभयो— वातावरणीय पभाव मुल्याँकनलाई ध्यान नदिएर सडक निर्माण गर्दा चुरे १ का अधिकाँश बस्तीहरु पहिरोको जोखिममा छन भने खेतबारी पुरै नष्ट परेको छ।

उहाँले सडक निर्माणको कार्य गर्दा नाला व्यवस्थापन र वाल नलगाइदा पहिरोको जोखिममा चुरेका अधिकाँश बस्तीहरु रहेको बताउनु भयो।उहाँले भन्नुभयो— बस्ती जोखिमलाई ध्यानमा नराखेर सडक निर्माण कार्य गरिदा वर्षाले आएको पहिरोले खानेपानीदेखि लिएर खेतीयोग्य जमिन पहिरोको जोखिममा परेको छ।

पहिरोबाट विस्थापित परिवारका लागि गाउँपालिकाको सहयोगमा वडा कार्यालयले त्रिपाल वितरण गर्ने पहल भइरहेको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकमगरले बताउनु भयो।उहाँले भन्नुभयो— विस्थापित परिवारलाई वडा कार्यालय र सामुदायिक भवन आसपासमा बस्ने व्यवस्था गरिने छ।
असारे विकास र अवैध रुपमा भइरहेको चुरे दोहन र विनासले चुरेको खानिडाँडा,सहजपुर,मत्स्य,सुनारी,गोदाम,भक्तपुर,मिलनपुर,बजाडी, किम्तोला,चटकपुर,खसरेलगायतका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन।

किन जोखिममा छ चुरे
चुरे महाभारत पर्वत श्रृङखाला र तल्लो तटिय क्षेत्रको माथिल्लो खमसल खालको आफैमा पनि जोखिममा रहेको प्राकृतिक सौन्र्दयले भरिपूर्ण भएको बिचको पहाड हो।जुन पहाडमा बहुमुल्य प्राकृतिक सम्पत्तिहरु पाइन्छ।

वातावरणविद्का अनुसार चुरे आफैमा पनि अति जोखिममा रहेको पहाड मानिन्छ ।प्राकृतिक रुपले भरिपूर्ण चुरेको दोहन र उत्खनन तिब्र भइरहेको छ।कारण हो, बहुमुल्य प्राकृतिक सम्पत्तिप्रति प्राकृतिक माफियाहरुको हस्तक्षेप।

माफियाहरुले चुरेको अस्तित्वलाई समाप्त पार्ने गरी वतावरणीय प्रभाव मुल्याँकनलाई ख्यालमा नराखी पर्यावरणीय सन्तुलनलाई खलल् पुग्ने गरी, जैविक मार्गलाई ध्वस्त पार्ने गरी,जैविक विविधतालाई असर पुर्ने गरी यो वा त्यो बहानामा चुरे विनास गर्दै छन।

नेपाल प्राकृतिक हिसाबले जतिनै धनी छ।त्यतिनै दैविक र प्राकृतिक प्रकोपको जोखिममा पनि रहेको छ।चुरे दोहन र उत्खननको चपेटामा चुरे गाउँपालिका मात्र नभई देशका विभिन्न ठाउँहरु पनि परेका छन।जसले गर्दा बस्तीहरु दैविक र प्राकृतिक प्रकोपको उच्च जोखिममा पर्ने गरेका छन भने कतिपय बस्तीहरु विस्थापित भएका देख्न सकिन्छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया