भगवान राधाकृष्ण खट्यात्रा नगरपरिक्रमा

मनोज दाहाल २०७८ भदौ १५ गते २१:३४ मा प्रकाशित


मोरङ,१५ भदौ (रासस):श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णलाई खट्यात्राको क्रममा गाडीलाई विशेष सजावट गरि आज नगरपरिक्रमा गरिएको छ।

श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले विशेष पूजापाठ गरि विराटनगर–१ स्थित पानीटयाङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिएको छ।

खटयात्रा राधाकृष्ण मन्दिर पानीट्रयाङकीबाट शुरु भै गोल्छा चोक,जलजला चौक,ट्राफिक चौक,रोडशेष चौक,महेन्द्र चौक,भृकुटी चौक,वरगाछी, कञ्चनवारी,राजवंशी चोक,पुष्पलाल चौकको १६ किलोमिटर परिक्रमा पछि पुनः मन्दिरमा विसर्जन भएको छ।यसअघि रथयात्रा ट्राफिक चोकबाट वरगाछी हुदै आठ किलोमिटर परिक्रमा गर्ने गरिएको थियो।

 

समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले कोराना महामारीको कारण खटयात्रा गर्नु परेको वाध्यता औल्याउनु भयो।उहाँले विगत देखिनै नागरिकको कल्याण होस ध्यले भगवानको नगरपरिक्रमा गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको जानकारी दिदै सर्वसाधारणको सडकमा भीड नहोस भन्नका लागि खटयात्रा निकालिने समय सार्वजनिक नगरेको बताउनु भयो।

यो ९० औं संंस्करणको भगवान राधाकृष्णलाई खटयात्रा रहेको छ भने विगतमा भक्तजनहरुले डोरीले रथतान्ने रथको व्यवस्था गरिएको हुन्थ्यो।सवारी साधनमा राखि निकालिएको खटयात्रा वीचमा कतै नरोकिने भएकोले भक्तजनले टाढैबाट दर्शन गरेका छन्।

विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)यात्राको रुपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो।प्रदेश सरकारले आज मोरङ,सुनसरी र झापाका तीन जिल्लामा सार्वजनिक विदा दिएको छ।

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया