नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने

इनेप्लिज २०७८ भदौ १५ गते १६:३० मा प्रकाशित


काठमाडौ । नेपाल परिवार दलको राष्टिय महाधिबेशन आगामी कात्तिक २८ र २९ गते हुने भएको छ । राजधानीमा बसेको केन्द्रिय कार्यसमिको बेठकले सो निर्णय गरेको छ ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले बिधान संशोधनको सिफारिश गर्न अधिबक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोभिन्द नाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट रहनुभएको एक समिति गठन गरेको छ ।


बैठकले महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरि प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न सिफारिश समिति पनि गठन गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी गराउनुभएको छ ।
पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २ हजार ५ सय प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन । श–शरीर उपस्थित हुन नसक्नेहरु अनलाइनको माध्ययमवाट सहभागी हुने गरी तयारी गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले केन्द्रिय सदस्यमा श्रीमती बिष्णु कुमारी बिश्वकर्मा (कैलाली), श्री पूर्ण प्रसाद कोइराला (दैलेख), श्री केशव श्रेष्ठ (काठमाडौँ), श्री टिकाराज बिश्वकर्मा (लम्जुङ्ग), श्री शंकर ढकाल (कैलाली) लाई मनोनोयन गरेको छ। त्यसै गरि पिस फोर्स को केन्द्रिय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप) लाई जिम्बेवारी दिएको छ।

बैठकमा अध्यक्ष एवं पुर्ब मन्त्री एकनाथ ढकालले अन्य पार्टीसंग सहकार्य गर्दा धोका खानु परेको भन्दै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले सशक्त रुपमा सहभागी हुने जानकारी दिनुभएको छ ।
अध्यक्ष ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबश्यकता रहेको भन्दै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसंग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनुभएको छ ।


अध्यष्क्ष ढकालले देशका ठुला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताले विकल्प खोज्ने बिश्वास ब्यक्त गर्नुभएको छ । ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्मेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने आबश्यकता औल्याउनुभएको छ ।

बैठकमा बोल्दै महामन्त्री बिनोद डाँगीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिबर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताउनु दाबी गर्नुभएको छ ।
बैठकमा केन्द्रिय सदस्यहरु मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्त बहादुर पन्त, राजेश कुमार बिष्ट, प्रकाश बाबु थापा, नबिन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेश कुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, बिजय राज कट्टेल, शिबकृष्ण श्रेष्ठ, मनोज सुर्खेती, लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो। केन्द्रिय सल्लाहाकारहरु केशब चौलागाईं, प्रा नारायण शर्मा गजुरेल, पूर्व एआईजी प्रकाश कुँबर, पूर्व एसएसपी सुरेश कुमार केसी लगाएतले परिवार दलको भबिष्य राम्रो रहेको भन्दै जनताको भावनाको प्रतिबिम्बित हुने कार्यक्रम ल्याउन नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।

[email protected]

प्रतिक्रिया