प्रदेश प्रमुख अधिकारी श्रीकृष्ण जन्माष्टमी शुभकामना

इनेप्लिज २०७८ भदौ १४ गते १०:२१ मा प्रकाशित

विराटनगर,१४ भदौ।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले श्रीकृष्ण जन्माष्टमी,गौरा पर्व,दुर्वाष्टमी,विश्व बेपत्ता विरुद्धको दिवसको पुनित अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य,दीर्घायू एबम् उत्तरोत्तर प्रगति, उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

प्रदेश प्रमुख अधिकारी आज एक सन्देश जारी गर्दै हामी आज पनि नोवल कोरोना भाइरस (कोभीड–१९) को महामारीबाट मुक्त भैनसकेको अवस्थामा भौतिक तथा सामाजिक दुरी कायम गरी यस पर्व तथा दिवसलाई मनाउनु सबै जनसमुदायको अनिवार्य कर्तब्य बनेको कुरालाई स्मरण गराउन चाहन्छु उल्लेख गर्नु भएको छ।

कोरोनासँगै नेपालका विभिन्न स्थानमा बाढी,पहिरो,नदी कटान,डुवान तथा नदीको सतह बढेर ठूलो जनधनको क्षति भइरहेको अवस्थामा सम्पूर्ण जनताका प्रतिनिधि र सरोकार वाला सबै निकायलाई जनधनको रक्षाका लागि र दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलार्ई आवश्यक सहयोग पुर्याउन सरोकार बाला निकायको ध्यानाकर्षण गराउँन चाहान्छु सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले श्रीकृष्ण न्याय,आस्था र प्रेमका प्रतिक हुन्।जीवन र जगतको प्रतिनिधित्व गरी मानवलाई स्वधर्म र सत्कर्मको पाठ पढाउने न्यायमूर्तिको रुपमा मान्दछौँ।श्रीकृष्णको कर्मलाई मनन गर्नाले मात्र पनि मानव जीवन सार्थक हुने विश्वास हामीले लिएका छौँ भन्नु भएको छ।

गौरा पर्व सौभाग्य र सतित्व रक्षाका लागि वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले मनाउने महान पर्व हो भन्दै यस पर्वमा शिव र गौरी (गौरा) को पूजा अर्चना गरि मनाइन्छ र यस पर्वमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा स्थानीय लोक भाषामा देउडा,चैत,धमारी आदि खेल खेल्ने नाच्ने गाउँने गरी मनाइने समुदाय स्तरको यस्ता चाडपर्वहरुको संरक्षण र सम्बद्धनमा सरोकार बालाले ध्यान पु¥याउनु पर्दछ सन्देशमा उल्लेख गर्नु भएको छ।

विश्व बेपत्ता विरुद्धको दिवसको अवसरमा बेपत्ता नागरिकको फेहरिस्तले मुल्यहरु चुकाउने क्रममा बनेका पुराना घाउहरुको आलो पीडालाई दर्शाउँछ भन्दै यस्ता घटनाहरु कही कतै र कहिल्यै पनि भोग्नु नपरोस् भन्ने कामना प्रदेश प्रमुख अधिकारीले गर्नु भएको छ।

अन्त्यमा,श्रीकृष्ण जन्माष्टमी,गौरा पर्व,दुर्वाष्टमी,विश्व बेपत्ता विरुद्धको दिवस भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता,अखण्डता र राष्ट्रिय एकताका निमित्त आजको दिनबाट सबैमा प्रेरणा मिलोस् भन्दै पुन: सबै–सबैमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।

 

प्रतिक्रिया