परिबर्तनको अभियान नेपालको नयां कार्यसमिति
काठमाडौ । परिबर्तनको अभियान नेपालको दोस्रो साधारणसभाले जेण्डर बिशेषज्ञ मीना शर्माको अध्यक्षतामा नयां कार्यसमिति निर्बाचित गरेको छ ।
समाज रुपान्तरणका लागि मानवीय मुल्य मान्यता आनिबानी तथा स्वचरित्रमा सकारात्मक परिबर्तनको पहल आफैबाट गर्न उत्प्रेरित उद्धेश्य रहेको सो अभियानको कार्यसमितिको उपाध्यक्षमा कृष्णकाजी केसी , महासचिब सरोज ढुंगाना , सचिब राजेन्द्र सेञ्चुरी र कोषाध्यक्षमा जिनी अग्रवाल निर्बाचित हुनुभएको छ ।
कार्यसमितिको सदस्यहरुमा केशब दाहाल , सबु शर्मा , ममताशंकर जोशी , सरोज महतो बिजिता अधिकारी , संजय साह निर्बाचित हुनुभएको छ । साधारणसभामा बरिष्ठ पत्रकार टंक पन्त प्रमुख निर्बाचन अधिकृत हुनुहुन्थ्यो ।
बरिष्ठ पत्रकार पन्तले कार्यसमिति सर्बसम्मत निर्बाचित हुनु भनेको संस्था सहज रुपमा अगाडि बढन सक्ने संकेतको रुपमा लिन सकिन्छ भन्दै नबनिर्बाचित पदाधिकारी एवं कार्यसमितिका सदस्यलाई शपथ गराई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यसअघि साधारणसभाको उद्धघाटन शत्रमा त्रिभुवन बिश्व बिधालयका उपप्रधाध्यापक चिरंजीबी भण्डारी ,डा पिताम्बर भण्डारी डा प्रकाश भटराई, प्रदिप परियार,कमल कण्डेल र रीता शाहले युवाहरुको आशाको रुपमा रहेको परिबर्तनको अभियानले परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्बाह गर्देै आएको र आगामी दिनमा थप प्रभाबकारी भुमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गर्नुभएको थियो ।
साधारणसभामा अरुण खडका ,नबिन पोख्रेल , पुजा शाह र शरद गिरीले आफनो अनुभुति ब्यक्त गर्नुभएको थियो ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया