टेड एक्स माइतीघर भब्यताका साथ सम्पन्न,देशमै सुनिश्चित भबिष्यका लागि बिकल्प रहेको बिज्ञहरुको भनाइ

इनेप्लिज २०७८ भदौ ७ गते १६:०३ मा प्रकाशित

काठमाडौं । नेपालका बिभिन्न क्षेत्रका ख्यातिप्राप्त बिज्ञ ब्याक्तित्वहरुको अनुभब र बिचारका साथ टेड एक्स माइतीघर भब्यताका साथ सम्पन्न भएको छ ।
सेन्जेभियर्स कलेज माइतीघरमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रका बिज्ञहरुले देशमै सुनिश्चित भविष्यका लागि विकल्प रहेको बताएका छन् ।
टेड एक्स माइतीघरले आयोजना गरेको ‘फेसिङ द अनसर्टेनिटी’ विषयक बिशेष कार्यक्रममा बिज्ञहरुले अनिश्चयको अवस्था छोडेर देशमै बसेर केही गर्न युवाहरु बिधार्थीलाई सुझाब दिएका छन ।


नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले धेरै नेपालीले नरुचाएको चलचित्र क्षेत्रमा लागेर आफूले वर्तमान हैसियत हासिल गरेको बताउनुभएको छ । हमालले देशमा कुनै सुरक्षित भविष्य नभएको अवस्थामा पनि आफूले चलचित्र क्षेत्र रोजेको बताउनुभएको छ । आफूले पहिलो चलचित्र खेल्दै गर्दा दोस्रो चलचित्र कहिले र कसरी शुरु हुन्छ भन्ने समेत सुनिश्चित नभएको अनुभव सुनाउनुभएको थियो ।


कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले आफूले मुटु रोगको क्षेत्रमा केही योगदान दिन सकेकोमा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले गंगालाल अस्पतालमा रहदाँ बालबालिकाको मुटुको निशुल्क शल्यक्रिया गर्ने प्रयत्न गरेको समेत जानकारी गराउनुभयो ।
मिस युनिभर्स अन्सिका शर्माले युवाहरुले सपना हेर्नुपर्छ त्यसलाई पुरा गर्न अठोटका साथ लाग्नुपर्छ भनी युवा बिधार्थीहरुलाई प्रेरित गर्नुभएको थियो ।


लामो समयसम्म कोरोनाले सिर्जित अनिश्चतताको सन्दर्भमा युवालाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजक इशिका पन्तले जानकारी गराउनुभयो ।

शक्ति मिलन केन्द्रकी संस्थापक प्रकृति मैनाली , उधमी साकार शर्मा , टर्किस एयरलाइन्सको महाप्रबन्धक अब्दुल्ला टुञ्जर केइसी , हामी नेपालको बोर्ड मेम्मर बिधान श्रेष्ठ लगायतले आआफनो बिचार राख्नुभएको थियो ।
सेन्जेभियर्स कलेजकी इशिका पन्तले अमेरिकाबाट लाइसेन्स लिएर गरिएको बिशेष कार्यक्रममा स्तुति श्रेष्ठ , सक्षम श्रेष्ठ , रसु श्रेष्ठ सिलन पन्थीले बिशेष भुमिका निर्बाह गर्नुभएको थियो भने संभब पन्थ पन्थ लगायत २० जनाको सहयोग उल्लेखनीय रहेको थियो ।


टेड एक्स माइतीघरको कार्यक्रम इभेण्ट पार्टनर नेपाल टेलिकम , चन्द्रागिरी नगरपालिका , सानिमा लाइभ इन्स्युरेन्स , एजुकेशन पार्टनर , सेन्जेभियर्स कलेज, एसपायर कन्सल्टेन्सी थिए भने मिडिया पार्टनर जनता टेलिभिजन रहेको आयोजक टेड एक्स माइतीघरले जनाएको छ ।

[email protected]

 

प्रतिक्रिया