काठमाडौं।एमालेबाट कार्बाहीमा परेका माधव कुमार नेपालको पार्टीको नाम जुधेसँगै नाम सच्याएको छ।यस अघि नेकपा एमाले समाजवादी नाम राख्दै निर्वाचन आयोगमा दर्ताका लागि राखिएको थियो।अब उक्त पार्टीको नाम सच्याएर ‘नेकपा एकीकृत समाजवादी’ राखिएको छ।
राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन्।यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो।एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि निर्वाचन आयोगले दलको नाम सच्याउन आग्रह गरेको थियो।
प्रतिक्रिया