काठमाडौं।नेपाली कांग्रेसका सांसद गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको प्रतिक्रिया दिएका छन्।संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरेका हुन्।
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै सांसद थापाले त्यसको विरोध जनाएका हुन्।उनले ट्विट मार्फत भनेका छन,संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत,हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ भन्दै उल्लेख गरेका छन्।
सांसद थापाले संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक नभएको समेत जनाएका छन्।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ उनले भनेका छन्।
प्रतिक्रिया