हितेन्द्रद्वारा कुलमान विरुद्ध सर्वाैच्चमा रिट दायर

इनेप्लिज २०७८ भदौ १ गते २:०९ मा प्रकाशित

काठमाडौं।नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वाेच्चमा रिट दायर गर्नु भएको छ।

सरकारले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशकबाट हटाएर घिसिङलाई नेपाल विधुत प्राधिकरणको कार्यकारी पदमा नियुक्त गरेको भन्दै शाक्य सर्वाेच्च अदालत पुग्नु भएको हो।

शाक्यले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,उर्जा मन्त्रालय,उर्जामन्त्री र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा रिट दर्ता गराउनु भएको हो।

प्रतिक्रिया