अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न आइतबार निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा
काठमाडौं।प्रधानमन्त्री शेर बहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यक प्रवन्ध मिलाउन आइतबार नै निर्देशन दिइसकेको बताएका छन्।
अफगानिस्तानमा तालिबान लडाकुले देश कब्जा गरेपछि त्यहाँ राष्ट्रपति र उपराष्ट्रपति भागेर अर्काे देशको शरणमा गएका छन्।
अफगानिस्तानको वर्तमान अवस्था निकै असुरक्षित रहेको भन्दै विभिन्न मुलुकहरुले चार्टर विमान मार्फत आफ्ना नागरिकहरु फिर्ता लिइरहेका छन्।सोहि सन्दर्भमा त्यहाँ रहेका करिब १४ हजार नेपालीहरुको तत्काल उद्धार गर्न सामाजिक सञ्जाल मार्फत् सरकारको ध्यानकार्षण सहित चर्काे दबाब आएपछि प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।
सोमबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवाले भनेका छन,अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु।
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो।सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ उनले भनेका छन्।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया