अफगानिस्तानका ३४ प्रान्त मध्ये २५ प्रान्तमा तालिबानको कब्जा

इनेप्लिज २०७८ साउन ३१ गते ११:४६ मा प्रकाशित

अफगानिस्तानका करिव ३४ प्रान्त मध्ये २५ प्रान्तमा तालिबानको कब्जा रहेको सिएनएनले उल्लेख गरेको छ । २० बर्ष सम्म अन्तरराष्ट्रिय सेनाको छत्रछायामा रहेको अफगानिस्तान केवल १ हप्तामा तालिबानको कब्जामा रहनु अन्तर्राष्ट्रिय चासो र चिन्ताको बिषय पुग्न गएको छ ।

उनिहरुले हिंसात्मक कार्य नगर्ने र सत्ता शान्तिपूर्ण तरीकाद्वारा हस्तान्तरण गर्न माग गरि रहेका छन् । तालिबानले २० बर्ष आफू रहेको जस्तो नगर्ने प्रतिबद्धता गरि रहेका छन् ।

पछिल्लो जानकारी अनुसार उनीहरु अफगानिस्तानलाई घेराउ गरेको भन्ने समाचार आएता पनि सरकारले त्यसलाई अस्विकार गरेको छ । यो बिषय परिस्थितिमा कसरी बाहिर जाने भन्ने विषय सबै भन्दा ठूलो चुनौती भएको छ । सरकारी र माथिल्ला पदका कर्मचारीहरू बाहिर जानको लागि बिमानस्थल पुगी सकेका छन् ।

तालिवानले सरकारको पक्षबाट लडी रहेका योद्धाहरु र सरकार पनि कुराकानी गरि रहेका छन् । अमेरिकाले मंगलबार सम्म आफ्ना सबै सेनालाई फिर्ता ल्याउन प्रयास जारी राखेको छ भने काबुल सरकारको नियन्त्रणमा रहेको छ । तालिबानले मानव अधिकार र महिला अधिकार कर्मीलाई पनि सम्मान गर्ने बताएता पनि शंका उप शंका रहेको छ ।

आइतबार बिहान दिल्लीबाट एक उडान त्यहाँ आएको सिएनएनले जनाएको छ । पछिल्लो श्रोत अनुसार तालिबान प्रतिनिधिहरू कबुल स्थित राष्ट्रपति दरबारमा पुगेको बताईएको छ ।

कतारबाट ८ -९ जना तालिबानका प्रतिनिधिहरु त्यहाँ पुगेका हुन् भने हाल उनीहरु भित्र रहेको सिएनएनलाई एक श्रोतले बताएको समाचार छ ।

त्यहा पुग्ने मध्ये तालिबानका तर्फबाट अनास हक्वानी जो तालिबानका नेता सिराजुद्दीन हक्वानीका भाई हुन् । गत हप्ता दोहाले तालिबानका प्रतिनिधि, अफगानिस्तानका सरकारी अधिकारी, अमेरिकाका राजदूत तथा युरोपियनका राजदूत बीच कुराकानी गराई दिएको थियो ।

हाल सम्म तालिबानको तर्फबाट कुनै पनि रक्तपात र हिंसा भएको कुनै घटना बाहिर आएका छैनन् ।
.

प्रतिक्रिया