मार्मिक र यथार्थतामा आधारित तीजगीत र भिडियो सार्बजनिक

इनेप्लिज २०७८ साउन २० गते १२:४५ मा प्रकाशित

बुटबल । लकडाउनले पारेको यथार्थपरक गभीर प्रभाबलाई कथाबस्तु बनाएर निर्माण गरिएको भिज्युअल सहितको तीजगीत लकडाउन भाग २ सार्बजनिक भएको छ।

कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउन पुगेका मृतकलाई कथाबस्तु बनाएर रचिएको गीत र निर्माण भएको भिजुअल् वियोगान्त,मर्मस्पर्शी र अत्यन्तै संवेदनशील छ। गीतको भिअुअल् हेर्दा र गीत सुन्दा सबैलाई भाबुक बनाउने खालको छ।

श्रीमान् गुमेकी कलाकारको अभिनय गरेकी ईरा भट्टराईको जीवन्त अभिनयले मन धरक्क रुवाउँछ अनि मन भक्कानिन्छ । सायद कोरोनाले श्रीमान गुमाउने महिलाहरुका कथा योभन्दा कम्तिको छैन।अक्सिजनको अभाव,बेडको अभाव र आर्थिक अभावका कारणले कोरोना पीडितहरुले असामयिक मृत्युवरण गर्नुपरेको सत्यकथा गीत र भिजुअलमा रहेको छ।

लामो समय देखि छायाँकन,निर्देशन र सम्पादन गर्दै आएका मनीष पन्थको अभिनय निकै ओझिलो र दर्बिैलो छ । । उनी भन्छन –अभिनयमा मृत्यु भएको र श्रद्धाञ्जलीका लागि फोटो राख्नु पर्ने अवस्था छ।भूमिका निर्वाह गर्ने हो ? धेरै कलाकारहरुले जिभ्रो टोके,र मर्न सकिन्न भनें।कलाकारको अभाव रह्यो र आफैले भूमिका निर्वाह गरें। कलाकारले जस्तोसुकै भूमिका निभाउन सक्नुपर्छ।

गीतको रचना र लय संकलकका रुपमा चिरन बराल छन् । उनले पुरानो संस्कृति र संस्कार झल्काउने गीत दर्शक,स्रोताका माझ ल्याएका छन् । गीतमा उनी डाक्टरको भूमिकामा छन् । कोरोनाले सबैलाई सताएको बेला आफूलाई समेत बसीखान नदिएकै कारण सो गीतको रचना गर्न बाध्य रहेको बरालले बताए ।

भिजुअल् प्रदर्शनपछि संस्कृतिकर्मी झपेन्द्रबहादुर जीसीले तीजगीत र भिजुअल् अत्यन्तै सान्दर्भिक निर्माण भएको, तीजगीतको मर्मलाई समाएको,सामयिक विषयलाई छोएको र कलाकारहरुले खुबै मिहिनेत गरी अभिनय गरेर सबैको मन खिचेको बताए ।
तीजपर्व सम्बन्धी खोज,अध्ययन र अनुसन्धान गरी पुस्तक समेत प्रकाशन गरेका उनले लकडाउन भाग २ गीतले सबैका मनमा बास बस्ने बताउँदै आवश्यक परिमार्जनसहित अघि बढे सुनमा सुगन्ध थपिने बताए ।

भिजुअल सार्वजनिक गर्दै कार्यक्रमका बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले भनिन –गीत र भिजुअल् अत्यन्तै मन छुने बनेको,गीतले पुराना र नयाँ पुस्तालाई जोड्ने सेतूको काम गरेको, परम्परागत तीजको मान्यतालाई पक्रिदै सामयिक घटनालाई छोपेको कारणले गीत र भिजुअलले बजार पाउने निश्चित छ ।
निर्देशक मनिश पन्थले निकै धेरै मार्मिक र यथार्थ घटनामा आधारित फिल्म र गीतहरु रेकर्ड मात्र होइन छायांकन सम्पादन पनि गर्देै आएका छन । युवा अबस्थामै उनले गर्देै आएको महत्वपुर्ण भुमिका सबैका लागि अनुकरणीय र प्रशंशनीय छ ।

[email protected]

प्रतिक्रिया