कमलबजार १ सेलाखर्क अछाम स्थित क्यान्सर पीडित सर्पजित कसेरालाई स्थानिय शिक्षक देवेन्द्र सञ्ज्यालको पहलकदमीम रु एक तिस हजार सहयोग रकम हस्तान्तरण गरिएको छ।
दुबै खुट्टा क्यान्सरले गुमाएका निज कसेराको दयनीय आर्थिक अवस्था बारे जानकारी गराए पस्चात करिब रु एक लाख तिस हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको जानकारी शिक्षक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।
लकडावनका कारण स्थानीय होटलमा भाँडा माझेर अलिकति भए पनि दुई छाकको गुजारा चलाउँदै आएको छोराले पनि काम गुमाएपछि दुई छाक टार्न समस्या भएको भन्दै गुनासो गरेकोमा शिक्षक देवेन्द्र सञ्ज्यालको पहलम दमिमा रु एक लाख तिस हजार बराबरको आर्थिक सहयोग प्राप्त भएको जानकारी वहाले दिनु भएको छ।
स्मरणिय छ वहाको पहलकदमीमा श्री कालिका आधारभुत विद्यालय मुली अछामको दुई कोठे पक्की भवनको निर्माण कार्य समेत जारी छ।
प्रतिक्रिया