गैर आवासीय नेपाली संघ चीनमा रोहित अग्रवाल समुहको दबदबा, ७० प्रतिशत मतदाताको समर्थन

इनेप्लिज २०७८ साउन १३ गते २२:०२ मा प्रकाशित

संसार भरिका एनआरएनएहरुले आगामी कार्यकाल २०२१-२०२३ को लागी जुलाईको अन्तिम सम्म चुनाब गरिसकेर नया नेतृत्व चयन गरिसकेको हुनुपर्छ। अहिले संसार भर सबै राष्ट्रहरूमा नया नेतृत्व चयन गर्न भ्याई नभ्याई छ। कति पए देशहरुमा सर्बसहमतिमै कार्यसमिती चयन भएका छन भने कति पए देशहरुमा निर्वाचन प्रकियामा गएर भए पनि नया नेतृत्व चयन गरिसकेका छन। त्यसैले नया नेतृत्व चयन चटारो छिमीके देश चीनमा पनि उस्तै छ।

चीनको एनआरएनएमा अन्तिम समय सम्म पनी सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रक्रियामा गईसकेको छ। काठमाडौ निवासी रोहित अग्रवालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन। उनी दशकौ २० औ बर्ष देखी चीनको दक्षिणी शहर गोन्जाउमा ब्यापार गरेर बसेका एक कुशल ब्यापारी पनि हुन। एकेडेमिक र ब्यापारीक पृष्ठभुमिका अग्रवाल शालीन,भद्र र साथीभाई बिच सजिलै घुलमिल हुने तर कहिल्यै पनि विवादमा नतानिएका एक स्वच्छ छबिका ब्यक्तिको रुपमा परिचित छन। उनले कार्यसमितिको सदसस्यको रुपमा प्रबेश गरेर दुई कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल संरक्षक जस्तो गरिमामय पदमा काम गरेर संस्थामा राम्रो अनुभब बटुलेका छन।

उनको नया कार्यसमितिमा निर्मल चौलागाई उपाध्यक्षमा आउदैछन जो पहिलाको कार्यसमितिमा सदस्य, युवा संयाजोक देखी महासचिब सम्मको यात्राको अनुभब छ। उनी शुरुमा चीनमा पढन आए पनि पछि चीनमा ब्यापारमा जमेका एक सफल व्यापारी पनि हुन। चीनमा उच्च शिक्षा हासिल गर्न गएकी सदस्य, महिला संयोजक हुदै अहिले निर्बिरोध भएकी सबिता बर्तौला पनि पुर्ण रुपमा रोहितकै पक्षमा उभिएकी छन,अर्का उपाध्यक्ष बिष्णु डुमरु जो चच्याङ क्षेत्रीय कमिटी दुई कार्यकाल अध्यक्ष जस्तो गरिमामय पदमा बसेर संस्थालाई आफ्नो अमुल्य योगदान दिई सकेका छन। बिष्णु डुमरु चीनीया स्थानिय सरकारका प्रतिनिधिहरु संग पनि उत्तिकै नजिक रहेर काम गर्ने ब्यक्ति हुन। रोहितलाई महासचिबमा यादब अर्यालले सपोर्ट गर्दैछन। यादब अर्याल एक कुशल सांगठनिक, नेपालमा पनि बिभिन्न संघ सस्थाममा लागेर प्रचुरमात्रामा संगठनको ज्ञान बटुलेका र संस्थाको बिधि र बिधानम अभुतपुर्ब दखल राख्ने, कुनै पनि बिषयमा डिबेट गर्दा आफ्नो गहकिला तर्क दिएर बिपक्षीको बोल्ती बन्द गराउन सक्ने एक जोशीला युवा नेता तथा व्यापारीको रुपमा आफुलाई परिचित गराई सकेका छन। रोहितलाई सहयोग गर्न बर्तमान सह कोषाध्यक्ष तथा आगामी कार्यकालको लागी निर्विरोध कोषाध्यमा चुनिएका बलराम तामाङ पनि रोहित जस्तो शालिन भद्र र सबैलाई मिलाएर लैजान सक्ने रोहित नै आउनु पर्छ भनेर सपोर्ट गरिरहेका छन।

चच्याङ क्षेत्रिय कमिटीलाई सौतेनि ब्यबहार गरेर हेला गरेको आरोप खेप्ने गरेको एनसीसी चीनलाई, रोहित अग्रवालले यसपाली चच्याङ प्रान्त ( यिउ) बाट उपाध्यक्षमा बिष्णु डुमरु सचिबमा राज कुमार खरेल , सहकोषाध्यक्षमा रबिन्द्र कुमार माली र युवा संयोजकमा सुबर्ण श्रेष्ठलाई समेटेर एक कुशल र दूरदर्शी तथा विशाल हृदय भएको नेतृत्वको झलक दिई सकेका छन।

रोहितले अझ एक कदम अघि बढेर भने , चुनावमा जानु एक प्रकिया मात्र हो,सामाजिक संस्थामा कसैले हार्दैन त्यसैले मैले जितेभने हार्ने साथीहरुलाई पनि ससम्मान समितीमा ल्याएर उहाहरु सॅगै सहकार्य गरेर अघिबढने योजना रहेको सुनाए।

रोहित अग्रवाललाई पुराना संस्थापक देखी बर्तमान कार्यसमितिका तथा संरक्षक देखी सल्लाहकार सम्म सबै एनआरएनहरुले सहयोग र समर्थन गरेका छन। आईसी सदस्य तथा एशिया प्यासिफिकका उप संयोजकका दाबेदार नबिन बिक, अध्यक्ष तथा निर्बिरोध आईसिसी सदस्य प्रदिप न्यौपाने, निबर्तामान अध्यक्ष तथा संरक्षक सुदेश कुमार झा, संरक्षक द्वय प्रकाश खेरल र राजकुमार खड्का,उपाध्यक्ष खुश्बु अग्रवाल लगाएतका सबै अग्रजहरुले रोहित अग्रवाललाई समर्थन र सहयोग गरेका छन।

उनीहरु सबैको एउटै कथन थियो “ हाम्रो कसै संग व्यक्तिगत दुश्मनी छैन तर जब संस्थाको कुरा आउछ तब हामी हाम्रो लाई भन्दा राम्रोलाई पहिलो प्राथमिकता दिनु हाम्रो पदिय तथा संस्थागत धर्म हो “।

प्रतिक्रिया