पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने

इनेप्लिज २०७८ साउन ८ गते २३:२६ मा प्रकाशित

पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले राष्ट्रव्यापीरुपमा माध्यमिकस्तरमा कविता प्रतियोगिता आयोजना गरिने भएको छ।प्रतिष्ठानले माध्यमिक तहमा (कक्षा ९ देखि १२ कक्षासम्म) अध्ययनरत दलित समुदायका छात्रछात्राहरूको सहभागिता रहने गरी नेपाली भाषामा दुइसय शब्दमा नबढाई लेखिएको कविताहरु प्रतियोगितामा समावेश गर्न विध्यार्थीहरुबाट कविता आव्हान गरेको छ।

राष्ट्रियस्तरमा प्रथम,द्धितीय र तृतीय हुने प्रतियोगीहरूलाई एक समारोहमा पुरस्कार स्वरुप क्रमशःरु ३०,०००(तीस हजार),रु २०,००० (बीस हजार) र रु १०,००० (दश हजार) नगद सहित प्रमाणपत्र प्रदान गरिने छ।कविता कविता भदौ ३१,२०७८ सम्ममा [email protected] ईमेलमा वा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान वा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान, अनामनगर,काठमाडौंमा पठाउन अनुरोध गरिएको छ।कविता जातीय भेदभाव र असमानताको विरुद्ध लेखिएको चेतनामूलक हुनुपर्ने,कविता स्वयं विद्यार्थीले लेखेको मौलिक र अप्रकाशित हुनुपर्ने र गालीगलौज,अश्लील शब्द प्रयोग गरिएको वा व्यक्तिगत आँच आउने कविताहरू प्रतियोगितामा सामेल नगरिएको कविताहरु पठाउन अनुरोध गरिन्छ।यसका अतिरिक्ति कविताको साथमा एक प्रति फोटो सहित सहभागीको नाम,ठेगाना,विद्यालयको नाम,कक्षा र सम्पर्क फोन नम्बर समेत उल्लेख गर्न अनुरोध गरिन्छ।प्रथम,द्धितीय र तृतीय प्रतियोगीहरूले पुरस्कार वितरण समारोहमा स्वयं उपस्थित भई कविता वाचन गर्न पनि अनुरोध गर्दछौं।यससम्बन्धमा अन्य जानकारी आवश्यकता भएमा [email protected] मा इमेल गर्न वा ९८४७०६८१२५ (आर बी निश्चल) मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

पदम विश्वकर्मा साहित्य प्रतिष्ठानका सचिव हरिशरण परियारद्धारा हालै जारी गरिएको प्रेस विज्ञप्तिमा सो सूचना सम्प्रेशण गरिएको छ।प्रतिष्ठानबाट हालै ६१ कविहरुद्धारा विभेदका विरुद्ध लेखिएका कविताहरुको संयुक्त संग्रह “ज्योति स्पर्श” कविता संग्रह प्रकाशन गरिएको छ।उक्त कविता संग्रह छिट्टै काठमाडौंमा आयोजना हुने एक कार्यक्रमकाबीच विमोचन गरिने पनि जनाइएको छ।

प्रतिक्रिया