नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल नेजाको सातौ अधिवेसनको लागि अमेरिका आई पुगे

इनेप्लिज २०७८ साउन ७ गते १०:३९ मा प्रकाशित

 

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशनको लागि अमेरिका आएका पुगेका छन् । उनि अमेरिकाको डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनि अमेरिकाको पूर्वीय समय अनुसार जुलाई २२ बिहान करिव ९ बजे अवतरण गरेका हुन् ।

उनलाई स्वागत गर्न नेजाका अध्यक्ष बिकाश राज न्यौपाने,कार्यकारी समिति सदस्य निदेश अधिकारी , नेजाका सॅस्थापक अध्यक्ष गिरिश पोखरेल, पत्रकार सविन थापा लगायत विमानस्थलमा पुगेका थिए । अध्यक्ष न्यौपाने टेक्सस राज्यबाट गत जुलाई २१ को दिन नै भर्जिनिया आई पुगेका छन् ।

र अन्तिम अवस्थामा बाकी रहेका केही छिटपुट कामहरु जोडतोडको साथ काम भै रहेको निदेश अधिकारीले बताए । स्मरण रहोस ,नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्षलाई नै निमन्त्रणा गर्ने प्रचलन छ ।

अधिवेशनमा बिशेष अतिथिमा अमेरिकाका लागि नेपाली राजदुत डा युवराज खतिवडा(विद्या वारिधि ),गैर आवासीय नेपाली संघ अमेरिका, बिभिन्न संघ/संस्था तथा स्थानीय संघ/संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता हुनेछ ।

प्रतिक्रिया