मोरङको डायनियामा वीपी जयन्ती

इनेप्लिज २०७८ साउन ६ गते २२:३० मा प्रकाशित

विराटनगर,६ साउन।नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा आज विभिन्न कार्यक्रमको आयोजना गरि वीपी जयन्ती मनाएको छ।

सेवा केन्द्र परिसरमा वीपीले देखाएको लोकतान्त्रिक समाजवाद विषयक अन्तरक्रिया र वृक्षारोपण कार्यक्रमको आयोजना गरियो।

पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले कांग्रेसको ं महाधिवेशनको नजिकिएको सन्दर्भमा वीपी विचारको महत्व अझ बढेको बताउनु हुदै बेरोजगार समस्या समाधान र विकास निर्माण कार्य गर्न सक्नेलाई पार्टीको नेतृत्वमा लैजानु पर्नेमा जोड दिनु भयो।

पूर्वमन्त्री दिलिप गच्छदारले नयाँ नेतृत्वले जनहितमा काम गर्नुपर्ने चर्चा गर्दै नयाँ संविधान कार्यान्वयन र गणतन्त्रको संस्थागत विकास कांंग्रेस नेतृत्वबाट हुने विश्वास व्यक्त्त गर्नु भयो।

पार्टीका जिल्ला उपसभापति शिवनारायण सिंह गनगाइ र सेवा केन्द्रका नागेश्वर सिंह लगायतका वक्ताहरुले वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारिक रुपमा लागु गर्दै लैजानु कांग्रेसजनको पहिलो जिम्मेवारी भएको बताउनु भयो।

 

प्रतिक्रिया