देउवा-मोदी टेलिफोन वार्ता

इनेप्लिज २०७८ साउन ४ गते ११:०३ मा प्रकाशित

काठमाडौ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।भारतिय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवासंग टेलिफोनमा आफुले बधाई दिएको उल्लेख गर्दै दुई देशका बीचको सम्बन्ध थप उचाईमा पुर्याउनका लागि संगै काम गर्ने बताएका छन्। मोदीले ट्वीटरमा कोरोना महामारीका विरुद्ध संगै लड्ने बताएका छन्।

प्रतिक्रिया