नेपाल सहित २२ जनालाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय
काठमाडौं।नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल सहित २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।पार्टीको निर्णय र हित विपरित फलोरक्रस गरेर प्रधानमन्त्रीमा कांग्रेसलाई विश्वासको मत दिएको भन्दै एमालेले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
ललितपुरको च्यासलस्थित तुलसीलाल आमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव राखेको थिए।त्यसमाथि छलफल गर्दै केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
आइतबार प्रतिनिधि सभामा नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मत दिएका थिए। एमाले स्थायी कमिटीले विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको थियो।
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया