लायन्स क्लब लर्डबुद्धद्धारा अरबिन्द योग आश्रममा बिशेष कार्यक्रम

इनेप्लिज २०७८ साउन २ गते १५:४९ मा प्रकाशित


काठमाडौ । लायन्स क्लब अफ लर्ड बुद्धले थानकोट स्थित अरबिन्द योग आश्रममा रहेका बालबालिकाहरुलाई खाना ख्वाउने कार्यक्रम संपन्न गरेको छ ।
आश्रममा २ सय भन्दा बढी अनाथ बालबालिकाहरु रहेका छन । आश्रमका प्रमुख स्वामी रामचन्द्र दाशले ती बालबालिकाहरुलाई अध्यापन लगायत सम्पुर्ण ब्यबस्थापन गर्देैै आउनुभएको छ । अरबिन्द योग आश्रम अन्य जिल्लामा पनि रहेका छन ।


क्लबले बिभिन्न महत्वपुर्ण अबसर पारेर पनि बिभिन्न सेवामुलक कार्य गर्ने गरेको छ । सोही सन्दर्भमा शनिबार क्लबका उपाध्यक्ष युवराज श्रेष्ठको जन्म दिनको अबसरमा क्लबले आश्रममा रहेका बालबालिकाहरुलाई खाना ख्वाउने कार्यक्रम संपन्न गरेको हो ।


कर्यक्रममा लायन्स क्लबका राजेन्द्र बाटा ,सुर्य केसी पार्बती खरेल पाण्डे, आश्रमका स्वामी रामचन्द्र दाश , बरिष्ठ पत्रकार टंक पन्त, लर्डबुद्धका संस्थापक बिष्णु भण्डारी , यमुना भण्डारी , क्लबका अध्यक्ष राम श्रेष्ठ लगायतले समाज सेबामा समर्पित लायन्स क्लबले आगामी दिनमा दिनमा अरबिन्द योग आश्रम जस्ता संस्थाका लागि सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभएको थियो ।


सो अबसरमा जेण्डर बिशेषज्ञ मीना शर्माको तर्फबाट आश्रममा रहेका युबतीहरुका लागि सहयोग हुने सेनिटेरी प्याड पनि हस्तान्तरण गरिएको थियो । बरिष्ठ पत्रकार टंक पन्तले आश्रमकी पबित्रा भण्डारीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया