प्रवासी प्रवाहमा साहित्यकार उन्नति बोहोरा “शीला” र गायक,सङ्गीतकार सत्यराज आचार्यको प्रस्तुति

समाचार दाता २०७८ साउन २ गते ३:३६ मा प्रकाशित

अबको प्रवासी प्रवाहमा साहित्यकार,गीतकार,कवि उन्नति बोहोरा “शीला” र गायक,सङ्गीतकार,कलाकार सत्यराज आचार्यको प्रस्तुति सहितको अन्तरङ्ग कुराकानी हुने छ।कोरोना कहरमा एक्लिएका मानव जातिलाई नेपाली भाषा,कविता,गीत सङ्गीतबाट मनोरन्जन गराउने साथै बिश्वभरका नेपालीलाई दुर दर्शन मार्फत भेटाउने, मनोरञ्जन गराउने हेतुले एनआरएनए नेपाली भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले प्रवासी प्रवाह अनलाइन कार्यक्रम सुरु गरेको थियो। यही आइतवार जुलाइ १८ नेपाली समय साँझको आठ बजे र अमेरिकाको न्यूयोर्क समयले बिहान ९४५ बजे प्रवासी प्रवाहको ५७नौँ शृङ्खला प्रत्यक्ष प्रसारण इनेप्लिज,प्रवासी साहित्य लागायत धेरै मिडियाहरूबाट फेसबुकबाट हुने छ।जूमको माध्यमबाट जोडिने उक्त कार्यक्रममा कवि उन्नति बोहोरा “शीला” का गीतहरू र सत्यराज आचार्यका ख्याती प्राप्त गीतहरु पनि प्रस्तुत हुने छन्। साथमा नया गायिका पूजा घिमिरेले बस्टनबाट समेत केही गीत प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ।

उक्त कार्यक्रमलाई एनआरएनए द सिन्ङरको प्रचार प्रसार विशेष कार्यक्रमको रूपमा समेत मनाइने छ।एनआरएनएको भाषा साहित्य समिति सबै नेपाली भाषा साहित्य प्रेमीहरूलाई उक्त कार्यक्रम हेरेर सेयर समेत गरि सबै शुभचिन्तकहरूमा पुर्याइ दिनुहुन समेत अनुरोध गरेको छ।

 

प्रतिक्रिया