‘द्रौपदी अवशेष’ सार्वजनिक

इनेप्लिज २०७८ साउन १ गते ११:१६ मा प्रकाशित

 

नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ।

कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ एक सांस्कृतिक उपन्यास हो।हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाको बारेमा लेखिएको यस कृतिका बारेमा हुम्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा लेख्नुहुन्छ – ‘… उपन्यासकारले यस कृति मार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातिको लोक ब्यबहारमा सीमित एउटा अलिखित र लोपोन्मूख सामाजिक संस्कारलाई लिखित साहित्यका रुपमा ढालेर बाह्य जगतलाई बोधगम्य बनाउने जुन चेस्टा गर्नुभएको छ, त्यो साह्रै सराहनीय कार्य हो।

‘द्रौपदी अवशेष’ उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउपालिका वडा नम्बर ६ का अध्यक्ष श्री पाल्जोर तामाङ लगायत स्थानीयको उपस्थितिमा भएको छ।

उपन्यासका सम्बन्धमा लेखक भन्नुहुन्छ – ‘ जुन माटोको कथा थियो त्यहि लोकार्पण भएकोमा म निकै खुशी छु।स्थानियको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको छु,र यसलाई त्यहि भूमिमा सार्वजनिक गर्न सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दछु।हुम्लामा हिमपातको कारण मेरा पात्र हुम्लाबाट नेपालगंजको लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ।हुम्लामा पानी परिरहेको कारण नेपालगन्जबाट हुम्लाको लागि जहाज नउडेको हुँदा पुस्तक दुई दिन ढिला गरि हुम्ला पुगेको आजको यथार्थ हो।यहि यस्तै यथार्थ संग संगै समाज अघि बढी रहेको छ।बहुपति प्रथा एक संस्कृति हो।भौगोलिक जटिलता संग पनि प्रत्यक्ष-परोक्ष सम्बन्ध रहेको छ।यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठक सामु पुराउने मेरो प्रयास हो – द्रौपदी अवशेष।

प्रतिक्रिया