सुसन परियार महासचिव उम्मेदवार

इनेप्लिज २०७८ असार ३१ गते २२:३७ मा प्रकाशित

सम्पुर्ण पोल्यान्ड बासी नेपाली मनहरुमा हार्दिक नमस्कार,
🙏🙏🙏🙏

आज भन्दा करिब ३ बर्ष अगाडि श्रम रोजगार को लागि पोल्यान्ड मा आएको म Nrna poland को बर्तमान सचिब सुसन परियार आज पनि ती दिन हरु सम्झदा हिजो जस्तो लाग्छ,एक मध्यम परिवारको सदस्य देशको अबिचलित र अस्थिर राजनीति ले जन्माएको बेरोजगारी को असरले त्रिभुवन अन्तरास्ट्रिय बिमानास्थल मा आशु झार्दै दिल भित्र देश बोकेर परदेशिएको थिए पोल्यान्ड,नेपालमा रहदा पनि आफुलाई सामाजिक संघसंस्था मा नेतृत्व दायी भुमिकामा उभ्यायर आएको म त्यही सामाजिक र मानबिय व्यवहार ले प्रवासी भुमिमा पनि केही गरौ भन्ने हुटहुटी रहिनै रहयो।पोल्यान्ड आगमनको तीन महिनामै NRNA पोल्यान्डको सदस्यता खोज्दै हाम्रो र हामी नेपालिको अभिभावक संस्था हो भनेर बुझ्ने ज्ञान राख्दथे म।पोल्यान्ड मा १५/२० बर्ष बसेका अग्रज दाइ दिदिहरु पनि nrna पोल्यान्ड संग नजोडिएको यो र 80/90 जना मात्र सदस्य त्यो पनि पोल्यान्ड को राजधानी वार्स केन्द्रीत भएको देखेर पोल्यान्ड का सारा नेपालिलाई एकताको सुत्रमा बाध्न पनि तेस्को नेतृत्व दायी भुमिकामा रहेर आफुलाई उभ्याउनु पर्छ भन्ने लाग्यो, मलाई कुनै पनि ठाउमा बिरोध गर्नु भन्दानी म सोयम आफै उपस्थिति भयर परिबर्तन गर्नुपर्छ भन्ने सोच राख्दछु, ।

मलाई कुनै गुट कुनै राजनीतिक धार या समूह समातेर सामाजिक काम गर्नु पटक्कै छैन र हुनेछैन, सचेत नेपालिहरु र मन भित्र मानबियता भयका हामी नेपालिले यो कुरा म संगको संगतले बुझ्नुहुनेछ बिस्वस्त छु, धेरै पि आर साथिहरुले हाम्रो आगमनलाई रुचायनन, यी पोर्चुगल भागनेहरु यी कार्ड नभयकाहरु भन्थे ती मान्छे जो हामी आयपछी नै NRNA पोल्यान्ड सङ्ग जोडिए जस्ले 15 बर्स सम्म nrna पोल्यान्ड लाई खोजेनन, युरोप आगमनले अब जिबनमा कसैसँग माग्न नपरोस भन्ने लाग्थ्यो म मागेर भोट जित्ने भन्दा पनि गरेर मन जित्ने खालको प्रवृत्ति भयको मान्छे हु। तर केही साथिहरुले मलाई एनआरएन ए पोल्यान्डको सचिब मात्र हुने अवसर दिनुभएन,बहुमत भनेर म माथी अनावश्यक लालछना र अफवाह फैलाइयो त्यसैले माग्न नपरोस भनेको म,मन र मत मागेको छु यसपाली,राम्रो टिम र नेतृत्व सहि भएमा आफुले बोलेका बाचा र घोसणा ९९ प्रतिसत पूरा गर्ने अठोट छ म सङ्ग छ ।

अझै पनि भन्छु कि मलाई भोट किन हाल्ने ???
म र एनआरएन ए पोल्यान्ड संगका मेरा अनुभव
👉️साधारण सदस्य रहदा पनि निबर्तमान अध्यक्ष गोपाल राईको कार्यकाल मै महासचिव बराबरको काम जस्तै पोल्यान्ड मा हुने ठुला ठुला कार्यक्रममा आफुलाई संचालक को रुपमा उभ्याएको छु।

👉️पोल्यान्ड का संस्थापक अध्यक्ष डा बोधराज सुवेदी,सस्थापक उपाध्यक्ष टोप बहादुर गैरे ( राजु क्षेत्री ) संस्थापक महासचिब मित्रलाल पार्दे,संस्थाप सदस्य डा अलिनी पोख्रेल लगायत निबर्तमान कार्यकालका अग्रजहरु सङ्ग को सहकार्य र संरक्षत्वमा आज सम्म एनआरएन ए पोल्यान्ड का अभियान बारे बुझ्ने जान्ने र गर्ने अवसर पाएको छु।

👉️एनआरएन ए पोल्यान्ड को वेबसाइट संचालनको जिम्मेवारी यो सकिन लागेको कार्यकालमा पुर्ण बैठकले निर्णय गरेर पाएको म र भिम लाई त्यसको आइडी र पासवोर्ड आज सम्म दिइएन,जस्ले गर्दा आवाश्यक सुचना र जानकारी आम जनमानसमा राख्न पाइएन।

👉️एनआरएन ए पोल्यान्ड को फेसबुक पेज आधिकारिक होइन किनकी तेस्को फेसबुक अकाउन्ट छैन भनेर म बोल्दा मलाई फेसबुक पेज बाट निकालियो जस्ले गर्दा सुसुचित गर्न पाइन जब सम्म एक्सेस थियो सुचना राखी रहेको हु।

👉️एनआरएन ए पोल्यान्ड ले यो बर्स गरेका कार्यक्रम को सचिबका हैसियतले गर्नु पर्ने संचालन,ब्यबस्थापन र प्रचार प्रसार गरेको छु।

👉️एनआरएन ए पोल्यान्डले गत बर्स कोरोनाको समयमा पोल्यान्ड का बिध्यार्थी र अप्ठ्यारोमा परेका श्रमिक लाई सहयोग को थालनी गर्नुपर्छ भनेर बोल्ने पहिलो ब्यक्ती हो,सङ्गै कोरोनाको समयमा मेरै हात बाट बनेको मास्क 😷 अत्यन्तै सस्तो मा कम्पनी सङ्ग सल्लाह गरेर मैले मेरो डिउटी आवर छोडेर मास्क उत्पादन,प्याकिङ र तेस्को बितरणका लागि युवा संयोजक भिम जि सङ्ग नेपालिहरुको युथ फोरम को नम्बर मागेर प्रत्यक युथ फोरमको नाम नम्बर लेखी मेरा अध्यक्ष नरेश सापकोटा ज्यु लाई बितरणका लागि हस्तान्तरण गरेको थिए।

खैर म आफ्नै प्रचार गर्न रुचाउने मान्छे हैन यद्यपि मेरा बिरुद्द केही कु मानसिकता बोक्ने साथिहरुले गलत प्रचार बाजि गरेको हुदा लेख्न बाध्य भए जे जस्तो भए पनि परिबर्तन,नेपाली बिच एकता,सदभाब,भातृत्व र पारस्परिक सहयोग सिर्जना गर्न सबै जना लागि परौ,मलाई एकपटक काम गर्ने अवसर दिनुहोस अर्को पटक तपाइहरुले मलाई बोलाउन बाध्य बनाउने प्रण गर्दछु।ल्ल्ल@
“Your VOTE Your VOICE” भन्ने मन्त्र लाई आत्मसाथ गर्दै तपाइको मन र मत मलाई हुनेमा बिस्वस्त छु।

एनआरएन ए अभियानमा तपाइको
बर्तमान सचिब
सुसन परियार
महासचिव उम्मेदवार

प्रतिक्रिया