बरिष्ठ अधिबक्ता उप्रेतीको अन्तर्य

इनेप्लिज २०७८ असार ३१ गते ३:३४ मा प्रकाशित

काठमाडौं ।वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीद्वारा लिखित अन्तर्य एक सङ्घर्षशील जीवनको कथा नामक पुस्तक लोकार्पण भएको छ ।
घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित सो पुस्तकको बिमोचन गर्देै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले हरि उप्रेतीको पुस्तकले आफ्नो मन छोएको बताउनुभएको छ।

उहांले नेपाली वकिलहरुले पनि आफ्नो व्यथा कथा लेखेर नेपाली साहित्यलाई धनी बनाउन आग्रह गर्नुभएको छ।नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष एवम बरिष्ठ वकिल कृष्ण प्रसाद भन्डारी (. जसलाई वकिलका पनि वकिल भनेर चिनिन्छं) ले अन्तर्य पढदा आफूले त्यसमा आफनो अन्तर्य भेटेकोले यो सबैको अन्तर्य हुन सक्ने भन्दै सबैलाई पढन सुझाव दिनुभयो।

कार्यक्रममा बोल्दै पुर्व माहान्यायाधिवक्ता तथा बरिष्ठ अधिबक्ता बद्री बाहादुर कार्कीले एक वकिलको समाजमा ठुलो भूमिका हुने भन्दै कसैले ढाल्न नसकेको सरकारलाई समेत वकिलले बहश गरेर ढाल्न सक्ने भन्दै वकिल र पत्रकार आफूलाई उस्तै लाग्ने उनीहरुले हरेक दिन परिक्षा दिनु पर्ने र अरुले नपर्ने बताउनु भयो।

नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष एवम बरिष्ठ अधिबक्ता शम्भु थापाले संसारभर वकिलको विशिष्ट ज्ञानका आधारमा वकिललाई विद्वान अधिवक्ता भनेको बताउदै नेपालमा वकिलले पनि पढने र पुस्तक लेखनको काम अगाडी बढाउनु पर्ने बताउनु भयो।

बरिष्ठ अधिबक्ता नरेन्द्र प्रसाद पाठकले लेखक हरि प्रसाद उप्रेती आफ्नो ४४ बर्ष देखिको साथी भएकोले उहाँको लेखनले आफूलाई छोएको बताउनु भयो।

कार्यक्रमका सभापति एवम घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले ब्रिटेनमा परम्परामा रहेको लेखनको परम्परा घोष्ट राइटिङ नेपालमा घोष्ट राइटिङ नेपालको रुपमा चलेको र आफूहरुले अहिलेसम्म ११९ पुस्तक प्रकाशन गरिसकेको बताउनु भयो।नेपालमा बरिष्ठ अधिवक्ताको लेखन सुरु गर्ने अभियानको पहिलो प्रयास स्वरुप आफूहरुले हरि उप्रेतीको पुस्तक बाहिर ल्याएको ढकालले बताउनु भयो।कार्यक्रममा बालिका करिन कुँवर पनि लेखकलाई शुभकामना प्रदान गर्नुभएको थियो ।

कर्मचारी आन्दोलन, राजनीति हुँदै लेखनमा प्रवेश गरेका लेखक उप्रेती सामाजिक काममा पनि अगाडि हुनुहुन्छ।यो जिवनी भन्दा अगाडि पनि लेखकका थुप्रै समसामयिक लेख–रचना समेत प्रकाशित भइसकेका छन्।

लेखनकुञ्जले नेपालका बिशिष्ट ब्याक्तित्वहरुको पुस्तक लेखिरहेको छ र कुञ्ञको लेखनलाई बिशिष्ट मान्ने गरिएको छ ।

[email protected]

 

प्रतिक्रिया