देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक

इनेप्लिज २०७८ असार २८ गते १०:४७ मा प्रकाशित

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि विपक्षी गठबन्धनका नेताहरूको बैठक बोलाएका छन्।

उनले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न गठबन्धनका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन्। काँग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।

विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले छलफलका लागि विपक्षी गठबन्धनका नेताहरूको बैठक ठाकेका छन्।

सर्वोच्च दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको बुझिएको छ ।

 

प्रतिक्रिया