पार्टीभित्र देखिएका विवाद समाधान गर्न नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरू

इनेप्लिज २०७८ असार २५ गते १०:४५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ।बैठक दिउँसो १ बजे सुरु भएको हो।बिहीबार बसेको कार्यदलको बैठकमा सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिनु भएको थियो।पार्टीभित्र देखिएका विवाद समाधान गर्न कार्यदलको बैठक निरन्तर बसिरहेको छ।कार्यदलमा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त र भीम आचार्य हुनुहुन्छ।

प्रतिक्रिया