प्रदेशवाट प्रेमिकालाई पत्र

टंकमणि घिमिरे २०७८ असार २५ गते ९:५५ मा प्रकाशित

प्रिय मानुत्रा,

म आज भावुक छु ! तिमी विमारी छाै ! म प्रदेश वाट तिम्राे स्वास्थ्य काे कामना गरिरहेकाे छु।याे थकित जिन्दगी वाट थाेरै वचेकाे समय सदुपयाेग गरेर तिमी लाई फाेन गरे ; फाेन उठेन ! मेराे मुटु ढुक ढुक गर्न थाल्याै।फेरी गरे ! तिमी सुस्केरा हाल्दै पल्टिएकाे विस्तारा वाट एउटा हात ले अगाडी फिजिएकाे कपाल लाई पन्छाउदै ! गलेकाे स्वर मा तिमीले हजुर भन्याै।तिम्रा ओठमा लालित्य थिएन पट पट चर्किएका ओठ का वरि परि जिव्राे ले केहि रसिलाे वनाउन खाेज्दै थियाै।

न निदारमा टिका थियाे न ओठमा लालि थियाे ! तिमी भुँइमा ढलेकी थियाै।म प्रदेशमा गलेकाे थिए।जिन्दगी काे याे रंगहिन तस्वीरमा कतै खाली ठाउँ नै भेटाउन सकिएकाे थिएन।

मैले तिमी लाई कस्ताे छ भने तर तिमी ले तपाई सन्चै हुनु हुन्छ भन्याै।म थाम्न सकिन नयनका डिलहरू मा वर्षाकाे मुल फुट्न थाल्याै।मैले फाेन काे क्यामरा अन्यत्रै घुमाएर हात काे ओलाले ति आँशु का थाेपा पुँछे।

फेरी तिमी अल्लि काेल्टे फेरेर तपाई कता जानु भयाे भन्दै थियाै।म यतै छु कहि गएकाे छैन भने।चार वर्ष काे छाेराे दाैडेर आयाे।डेडी डेडी यहाँ मम्मी लड्नु भयाे ।टाउकाे वाट रगत आयाे।मैले उठाउन खाेजे सकिन।मम्मी बाेल्नु नै भएन।म वाहिर ढाेका खाेल्न गए सकिन चिच्याए तर मम्मी बाेल्नु भएन त्याे बालसुलभ छाेराे ले भन्याै।म फेरी मेराे मन थाम्न सकिन।सास नै राेकिए झै भयाे।आँखा वरिपरी तिरिमिरी हुन थाल्याे।म प्रदेश वाट देश काे समचार हेरिरहे।म पाेखु पिडा कसरी ? राखु संगालेर कहाँ कतै केहि भेटिएन! छाेराे ले आँखामा आफ्ना आँशु पुस्दै डेडी तपाई भाेली आउनुस है घर यहाँ मम्मी विमारी हुनु हुन्छ भन्दै थिए।म हुन्छ भन्न पनि सकिन हुन्न भन्ने शाहस पनि आएन।डेडी किन नवाेल्नु भएकाे डेडी..बाबु डेडी डेडी भन्दै थिए….म अल्लि हाँस्न खाेजे झै गरेर बाबु बाेलिरहेकाे छु।बाबुले माम खायाै भने अव खाने भन्दै थिए।प्रदेश वाट देश अनी त्यहि देश भित्र परिवार का पिडा व्यथा वरीपरि फनफनी घुमिरहे.. हे प्रिर्यतम !

तिमी फेरी भन्दै थियाै ! तपाई लाई सन्चैछ।मैले म सब ठिक छु ; तिमी ले आफ्नाे स्वास्थ्य काे ख्याल गर्नु भने।सबै ठिकै छ।भन्दै थियाै।
बेहाेस भएर तिमी लडेर वगेकाे रगत तिम्राे हात काे वरीपरि लतपतिएकाे थियाे।तपाई कहिले आउनु हुन् ।छिटाे आउनुस न है तिमी आँखाका आँशु पुच्छदै मलाई अनुराेध गर्दै थियाै।विदेश गएकाे पनि धेरै भयाे।अव त सगै वस्न पाए हुने थियाे।तिम्राे भावना म राम्राे सग वुझ्छु त भने तर म वुझे या वुझिन म केहि अत्ताे पत्ताे पाएकाे छैन।

अँय टाउकाे दुख्याै रातभरी सुत्न हुदैन।पछारिएर टाउकाे फुटेकाे छ।रगत वग्याै तर हस्पिटल जान डर लागिरहेकाे छ।कसरी जाउँ ? कहाँ जाउँ ?
फेरी काेराेना ले सबै तिर भरिभराउ छ।तिमी ले अल्लि गलेकाे स्वरमा मलाई सबै ठिकै छ ; केहि पिर नगर्नुस तपाई आफ्नाे ख्याल गर्नुस।समयमा खाना खानुस। तिमी मधुराे स्वरमा अध्याराे अनुहार वनाउदै भन्दै थियाै।

जिवन के हाे मैले केहि वुझिन ..पटक्कै वुझिन वुझ्दै वुझिन।कहाँ किन के प्राप्ति काे लागि भाैतारिएकाे छु।अंह केहि वुझिन।आशै आश भित्र काे त्रासमय जिवन मा निसास्सिएकाे याे समय मा म तिमी लाई ताताे पानी तताएर दिन सकिन।वेहाेस भइ भुँइमा पछारिदाँ उठाउन हात दिन सकिन।भल भल वगेकाे रगत लाई एउटा टालाे च्यातेर बाधि दिन सकिन तर पनि तिमी ले मलाई माया गरिरहेकी छाै।मेराे खुशी काे लागि आँशु लुकाउने प्रयास गरिरहेकी छाै।म सम्झिदा सास फेर्न नै विर्सन्छु कि झै हुन्छ।

प्रियतम !!

एक अन्जुली खुशी काे लागि धेरै वर्षहरू प्रदेशमा दाैडिरहे।पसिना त वगेकै थियाे।वेदना का व्यथाहरू कथा वनिरह ।कसैले लेखेन हाम्राे जिवन भाेगाइ कसैले देखेन हाम्राे आँशु भित्र काे रंग सायद त्यसैले हाेला मैले हाम्राे जिवन कहानी कुन रंग हाे भन्न पनि सकेकाे छैन।तिमी वज्रिएकाे त्याे भुँइ र म दाैडिएकाे प्रदेश आँशु खसालेर मात्र सहानुभूति दिन विवस छ।विवस याे जिन्दगी काे वेदनाहरू मा अल्झिरहेकाे कथा छ । त्यहि कथा काे वरिपरी तिमी हराइरहेकी छाै।

हे ! प्रिर्य तिमी उठ ! तिमी उठनु पर्छ। तिमी लाई याे प्रदेश वाट पसिना र रगत वेचेर एक अन्जुली खुशी ल्याउने छु।छिट्टै आउने छु।त्याे छाेरा काे वढेकाे कपालमा मेरा हात ले स्पर्श गर्न मन छ।तिम्राे आँखा काे वरिपरी रसाएका आँशु लाई मैले किनेर राखेकाे पछ्याैरी ले पुछिदिनु छ।

वृध्द आमा आँखा ले देख्न कमजाेर वनिरहनु भएकाे छ । उहाँ लाई मेराे हात र तिम्राे हात ले डाेराएर अामा काे आस्था र रहर काे मन्दिर मा वरिपरी घुमाएर दर्शन गराउनु छ।तिमी भुँइ वाट उठ।म प्रदेश वाट उठ्ने छु।हाम्रा धेरै सपनाहरू काे थुप्राे छ ; त्यसलाई अल्लि व्यवस्थित गर्नु छ।अचेल मलाई याे शहरले रहर दिएन ;म त तिम्राे वरिपरी त्यहि कालाे चिया खाएर पनि अमृत काे अनुभव गर्न मन छ।

प्रियतम !!

तिमी अव नराेउ ; बाबु ले डेडी डेडी डेडी याे तकिया चिसाे पानी ले भिजेकाे छ ! भन्दै छन ; म वुझ्दछु ! त्याे तिम्राे आँशु ले भिझेकाे हाे।अव नसक आँशुहरू। जिवन जिउनु छ ; खुशी ले।त्याे खुशी दुई छाक खान नपुगे एक छाक खाएर भए पनि ल्याँउला।प्रिर्यतम म अव छिट्टै आउने छु।याे प्रदेश काे जंगल वाट आफ्नै मंगल मा आउने छु।

हामी फेरी सबै खुशी ले रमाउने छाै।पक्कै आउने छ ; त्याे खुशी काे एक दिन …

– टंक मणि घिमिरे
NRNA USA
Texas Chapter Board Member

प्रतिक्रिया