भारतका प्रख्यात अभिनेता दिलिप कुमारको निधन

इनेप्लिज २०७८ असार २३ गते १२:०३ मा प्रकाशित

भारतका प्रख्यात अभिनेता तथा कालाकार दिलिप कुमारको निधन भएको छ । उनको ९८ बर्षको उमेरमा बुधबार निधन भएको छ ।

मुम्बइ स्थित पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उनका निधन भएको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गरे । उनले हिन्दी चलचित्रकि नायिका सायरा बानु संग बिहे गरेका थिए ।

उनलाई श्वासप्रस्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो भने प्रवक्ता फैसल फारुकीले उनको निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

अत्यन्तै प्रतिभावान तथा अब्बल दर्जाका राम्रा कलाकारले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । करिब ६ दशक सम्म चलचित्र उद्योगमा रहेका उनले ज्वारभाटा नामक चलचित्रबाट अभियान यात्रा सुरु गरेका थिए । जुन चलचित्र सन् १९४४ मा प्रदर्शन भएको थियो ।

उनका अत्यन्तै चर्चित चलचित्र मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति ,देवदास, नया दौर, र कर्मा जस्ता हिन्दी चलचित्रमा अभिनय गरेका थिए । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मेका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो । उनि नि सन्तान थिए ।

भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उनले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राखेका थिए ।

प्रतिक्रिया