वृन्दावनमा देखियो दुर्लभ सेतो काग

इनेप्लिज २०७८ असार २३ गते २:२८ मा प्रकाशित

रौतहट-रौतहटको वृन्दावन नगरपालिकामा दुर्लभ सेता काग देखिएको छ।वृन्दावन नगरपालिका ४ पल्टुआमा स्थानीय उमेश यादवको खेतमा हरेक दिन एकचोटि देखा पर्ने गरेको सेतो काग प्रति स्थानीयको जिज्ञासा बढेर गएको छ।सेतो काग कतिखेर खेतमा आउला भनेर स्थानीयले कुरेर बस्ने गरेको र काग आउनासाथ कैयौँ मानिस हेर्न पुग्छन्।सेतो काग आउने गरेको विषयमा खबर फैलिन थालेपछि धेरैतिरबाट यसबारे बुझ्न थालिएको स्थानीय उमेश यादवले बताएका छन्।

सामान्यतया गाढा कालो रंगको काग हुने गरेको भए पनि सेतो काग देखा पर्न थालेपछि स्थानीयले यस रंगको काग दुर्लभ भएको बताउन थालेका छन्।धेरैले आफूले सेतो काग नदेखेको बताउने गरेका छन्।कागको रंग सेतो भए पनि बोली र अन्य सामान्य व्यवहार हेर्दा सामान्य कागको जस्तै रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया