भीर

नमूना २०७८ असार १७ गते २१:१७ मा प्रकाशित

पानी वगाएर
समुद्रकाे सपना बनाउनु
रहर भएपनि
बाध्यता भएपनि
भत्किनु त भीरकाे नियति नै रहेछ
मेरा लागि
मेरा बा भत्किए जस्तै
मेरा लागि
मेरी आमा भत्किए जस्तै।।

 

प्रतिक्रिया