कानेपोखरी आइटिएफ तेक्वाण्डोमा भुजेल

इनेप्लिज २०७८ असार १२ गते १०:५४ मा प्रकाशित

विराटनगर,१२असार।मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएफ तेक्वाण्डो समिति युवराज भुजेलको अध्यक्षतामा आज गठन भएको छ।

समितिको उपाध्यक्षमा राजकुमारी तामाङ्ग,सचिब चुणामणि गुरागाई र कोषाध्यक्षमा रोशन तिम्सिना रहनु भएको छ।

यस्तै सदस्यहरुमा सदस्यहरूमा सुरज तामाङ्ग, मुकेश गौतम,मौसम राजवंशी, दिपक शर्मा फुयल,भरत थापा र इन्दिरा थापा रहेका छन्।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले खेलकुद क्षेत्रलाई स्थानीय तहले प्राथमिकतामा राखेर कार्य गर्दै आएको जानकारी दिदै खेलकूदले राज्यलाई विश्व समुदायमा चिनाउने भएकोले यस क्षेत्रको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनु भयो।

आइटीएफ तेक्वाण्डोका प्रदेश अध्यक्ष प्रविण कार्कीले तीन तहको सरकारले खेलकुद क्षेत्रलाई पहिलो प्राथमिकता राखेर कार्य गरेमा यसको विकास हुने धारणा राख्नु हुदै खेलाडीहरूलाई व्यवसायिकता प्रदान गर्न र राज्यले खेलकुद क्षेत्रमा लगानी वढाउनु पर्ने आवश्यक्ता औंल्याउनु भयो।

आइटीएफ तेक्वाण्डो कानेपोखरीका नवनिर्वाचित अध्यक्ष भुजेल,गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी इङ्नाम,पालिकाको प्रवक्ता तथा वडाअध्यक्ष सुशिल बुढाथोकी,वडाअध्यक्षहरू चरन गुरुङ,खड्ग बस्नेत,मोहन प्रसाद अधिकारी, आइटिए तेक्वाण्डोका केन्द्रीय सदस्य चतुरलाल चौधरी,नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयल लगायतका तेक्वाण्डो खेलको विकासमा लागि लाग्नु पर्नेमा जोड दिनु हुदै चाँडै पालिकाभित्र तेक्वाण्डो खेल प्रतियोगिताको आयोजना गरिने जानकारी दिनु भयो।

 

प्रतिक्रिया