धनगढी,असार ९÷नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीले मजदुरहरुका हक हितका मुद्धालाई लिएर विगत लामो समय देखि सक्रिय रुपमा सामाजिक कार्यलाई अगाडी बढाउँदै आईरहेको छ।
बन्दा बन्दीको अवस्थामा अन्य पेशागत संघ संस्थाहरु प्राय निस्कृष भएका बेलामा भने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भने आफ्ना राजनीतिक र पेशागत मुद्धाहरुलार्य मजदुरको पक्षमा अगाडी बढाउँदै आएको हो।
यसैक्रममा सगंठनको ४२ औ स्थापना दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारीलाई १० बुदे ज्ञापन पत्र बुझाएको छ।त्यस्तै यातायात मजदुर संगठनले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय कैलाली र भौतिक पूर्वाधार विकास मन्त्रीलाई मजदुरलाई पनि कोभिड भ्याक्सिन दिनुपर्नेलगायतका १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी र कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष चन्दले बताउनु भयो।
बन्दा बन्दकिो बेलामा सबै भन्दा बढी यातायात मजदुरहरु प्रभावित भएको ठहर संगठनले गर्दे उनिहरुको स्वास्थ्य सुरक्षा देखि लिएर पेशागत सुरक्षाका सवालमा प्रदेश सरकारले बिशेष ध्यान दिनुपर्ने माग सहित १० बुँदे ज्ञापनपत्र दिइएको कुरा संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिनुभएको छ ।
स्थापना दिवसकै अवसर पारेर जिफन्टमा आबद्ध यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटिले धनगढी उप—महानगरपालिका १३ स्थित निडलासैनी गुरुकुल संस्कृत विद्यापिठमा खाद्यान्न सहयोग गरेको छ।
संगठनले ४२ औं स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष ललित चन्दले बताउनु भयो।उहाँले कोरोना कहरका बेला समस्यामा परेको विद्यापिठलाई खाद्यान्न सहयोग गरेको बताउनु भयो।
संगठनका केन्द्रिय सदस्य जीत बहादुर मल्लको प्रमूख आतिथ्यतामा विद्यापिठलाई चामल,नुन,तेल,दाल,र स्वास्थ्य सुरक्षका सामग्रीहरु प्रदान गरिएको प्रदेश अध्यक्ष चन्दले जानकारी दिनुभएको छ।
विद्यापिठमा आश्रय लिइरहेका बालबालिकालाई पठनपाठनमा सहयोग पुगाउनका लागि कापी कलम र कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षका सामग्री मास्क,सेनिटाइजरलगायतको १० हजार बराबरको सामग्री वितरण गरिएको अध्यक्ष चन्दले बताउनु भयो।
संगठनले दिवसकै अवसरमा रक्तदान कार्यक्रम समेत गरेको छ।रक्तसञ्चार केन्द्र धनगढीमै गइ संगठनले रक्तदान गरेको हो।
-वीरेन्द्र रावल
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया