कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जना निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोही अवधिमा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार भाइरसका कारण ४१ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ३२ लाख ८८ हजार ५३ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ लाख ५१ हजार ५ सय ९२ जनाको एन्टिजेन परीक्षण गरिएको छ।
स्वास्थ्य मन्त्रालयकोे तथ्यांक अनुसार पिसिआरमार्फत ६ लाख २६ हजार ३ सय ४३ र एन्टिजेन मार्फत २८ हजार १ सय २७ पोेजेटिभ केस देखिएका छन्।
नेपालभर अहिलेसम्म कोरोना भाइरसका कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएकोे छ भने ५ लाख ६४ हजार ८ सय २२ जना निको भएका छन्।
प्रतिक्रिया