पूर्वसांसद परियारको निधन

इनेप्लिज २०७८ असार ४ गते ९:५४ मा प्रकाशित

काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको बाँके कांग्रेसका नेता माधव केसीले जानकारी दिए । नेपाली मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका थिए।

पूर्वसांसद नेपालीको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो।पूर्वसांसद नेपाली २०४८ सालमा सांसद निर्वाचित भएका थिए।नेपालीले बहुदल पुनर्स्थापना अघि प्रतिबन्धितकालमा नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए।

प्रतिक्रिया