मनकारी थापाले धनगढी नगरका ३ सय छाडा कुकुरलाई मासुभात खुवाए

वीरेन्द्र रावल २०७८ असार ३ गते ११:०३ मा प्रकाशित


धनगढी,असार ३।मानिसहरु भोकमरीमा परेको खण्डमा कसैन कसैले राहत दिन सक्ला तर गल्लीको चौकीदारको भूमिकामा रहने कुकुरहरु सबै भन्दा बढी प्रभावित भएको देखेर धनगढी उपमहानगरपालिका ८ सेतो पुलका मनकारी सुरेन्द्र थापाले विहीवार नगर क्षेत्रका कुकुरहरुलाई मासुभात खुवाएका छन्।
धनगढीका विभिन्न गल्ली गल्लीमा बेवारिसे अवस्थाका सडकछाप कुकुरहरुको बिचल्ली देखेर आफुले गत बर्ष देखि मासुभात खुवाउने कार्यको निरन्तरता दिएको बताउनु भएको छ।

बजार क्षेत्रका होटलहरु बन्द भएका कारण सडकका छेउछाउका कन्टेनरमा राखिएका फोहर देखि होटल बाट निस्कने विभिन्न सडेगलेका अखाद्य वस्तुहरु पेट पाल्ने कुकुरहरुको सबै भन्दा बढी विजोग भएको देखेर आफुले गत बर्ष र यो बर्ष मासुभात खुवाउने अभियानको थालनी गरेको समेत सुरेन्द्र थापाले बताउनु भयो।

सडकका पेटी र होटल अगाडी पेट चाउरिएर पल्टिरहेका कुकुरहरुको खान पाउने अधिकार बन्दा बन्दीले खोसिदिएपछि आफुले मासुभात खुवाउने अभियानको थालनी गरेको मनकारी थापाले बताउनु भयो।

बजार क्षेत्रका ३ सय भन्दा बढी छाडा कुकुरहरुलाई मासुभात खुवाएको मनकारी थापाले बताउनु भयो।उहाँले भन्नु भयो:बर्षमा एक पटक कुकुर तिहारमा मात्रै कुकुरले खान पाउँछन् त्योपनि घरपालुवा भएपछि मात्र नत्र भने गल्लीका चौकीदारलाईको भूमिकामा रहने कुकुरलाई छिछि र दुर दुर गर्ने कार्यले पशु अधिकार हनन भएको छ।

खान नपाएर सडकका गल्ली गल्लीमा तड्पिएका कुकुरहरुलाई एक दिनका लागि भएपछि खोजी खोजी मासुभात खुवाउन पाउँदा मन अतिनै खुशी भएको थापाको भनाई छ।मानिसहरु त भोक लागे रोई कराई मागेर पनि खान सक्ला तर महिनौं सम्म होटल अगाडी अनि कन्टेनरको सामुन्ने फोहर पर्खेर बस्ने कुकुर हरुको अवस्था निकै दयनीय भएको देख्दा आफुलाई दया जागेर आयो त्यसैले मासुभात खुवाउने योजना बनाए भन्नु हुन्छ थापा।

पशु अधिकारकर्मीले पनि वेवारिसे चौपाया र कुकुरहरुको खान पाउने अधिकारलाई पनि ग्यारेन्टी गर्न नसकेको समेत थापाको भनाई छ।

मानव जीवन चक्र संग जोडिएका पशु चौपायाको खाद्य अधिकारलाई पछिल्लो समयमा मानिसहरुबाटै खोसिएकाले पशु अधिकार सुरक्षित गर्नका लागि पनि पशु अधिकारकर्मी देखि लिएर राज्यका सरोकार राख्ने निकायले प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनु हुन्छ।सुरेन्द्र थापा।

कोराना कहरका बेला गरिएको बन्दा बन्दीका कारण सबै भन्दा बजार क्षेत्रका गल्ली गल्लीमा भेटिने कुकुरहरुमा परेकोले त्यसतर्फ सबैको ध्यान जान सक्नुपर्ने मागको भनाई छ।थापा धनगढी स्थित ए वान ड्राई क्लिनरका कुशल सञ्चालक पनि हुन।धनगढीको बालमन्दीर अगाडीको सटरमा विगत लामो समय देखि उहाँले ए वान ड्राई क्लिनर सञ्चालन गर्दै सुदूरपश्चिमको धनगढीमा चर्चा कमाउन सफल हुनु भएको छ।

-वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया