नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर काठमाडौं आउँदै

इनेप्लिज २०७८ जेठ ३० गते २:५७ मा प्रकाशित

कोरोना महामारीका बीच नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर काठमाडौं आउँदै छन् । राष्ट्रिय टिमको प्रशिक्षण सुचारु गर्नका लागि प्रशिक्षक ह्वाटमोर नेपाल फर्कन लागेका हुन् ।

कोरोना महामारीको संक्रमणले नेपालमा तीव्र गति लिएपछि स्वदेश फर्किएका ह्वाटमोर भोलि सोमबार काठमाडौं आइपुग्ने भएका हुन् । नेपालका क्रिकेट गतिविधि रोकिए पछि ह्वाटमोर श्रीलंका फर्किएका थिए ।

नेपाली क्रिकेट टिमले आइसिसीका आगामी प्रतियोगिताका लागि तयारी सुरु गर्ने भएपछि प्रशिक्षणमा सहभागि हुन प्रशिक्षक ह्वाटमोर सोमबार काठमाडौं आइपुग्ने भएका हुन् ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको खेल जुलाई तेस्रो सातामा गर्ने तयारी भइरहेको अवस्थामा ह्वाटमोर प्रशिक्षणमा फर्कन लागेका हुन् ।

कोरोना महामारीकै कारण आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको खेल जुलाई तेस्रो साता हुने भनिएपनि मिति भने अझै सार्वजनिक भएको छैन ।

प्रतिक्रिया