हज गर्न चाहनेले कोरोना भ्याक्सिन लगाएकै हुनु पर्ने
इनेप्लिज
२०७८ जेठ ३० गते २:५६ मा प्रकाशित
साउदी अरबले यो वर्ष ६० हजारभन्दा धेरै मानिसहरुलाई हज यात्रा गर्ने अनुमति नदिने भएको छ । ६० हजार पनि साउदी अरबका नागरिक वा साउदी अरबमा बस्नेहरु नै हुनु पर्ने बताइएको छ ।
विश्वभर कोरोनाभाइरस महामारी चलिरहेकाले यो निर्णय गरेको पनि साउदी अरबले जनाएको छ ।
साउदी अरबको विदेश मन्त्रालयले आफ्नो ट्विटर एकाउन्टमा यो जानकारी दिएको छ । त्यस्तै, यसपटक हज गर्नेहरुले अनिवार्य रुपमा कोरोनाभाइरस भ्याक्सिन लगाइसकेको हुनु पर्ने पनि जनाइएको छ । यो वर्ष १८ देखि ६५ वर्ष उमेर समूहकाले मात्र हज गर्न पाउने पनि साउदी अरबले जनाएको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया