कांँग्रेस पदाधिकारी बैठक शनिबार बस्ने

इनेप्लिज २०७८ जेठ २८ गते ११:३६ मा प्रकाशित

कांँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। देउवानिवास बूढानीलकण्ठमा बस्ने गरी शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ।

आसन्न महाधिवेशनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांँग्रेसले जनाएको छ।

कांँग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्मका लागि तोकिएको छ। कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।

भिडभाड नहुने गरी महाधिवेशन विकेन्द्रित रुपमा सम्पन्न गर्नुपर्ने आवाज पार्टीभित्र उठेको छ। क्रियाशील सदस्यको टुंगो लाग्न नसकेका स्थानमा १३औं महाधिवेशनका प्रतिनिधि कायम गरी समयमा महाधिवेशन हुनैपर्ने नेताहरुले जोड दिएका छन्।

देउवाले पनि महाधिवेशनका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया