नेपाली विद्यार्थी माथि म्यानचेष्टर विगेनमा क्यूएफसी चिकेन एण्ड पिच्चा संचालक सिटौला र पाठकद्धारा श्रम शोषण र कुटपीट

इनेप्लिज २०७८ जेठ २६ गते ९:३३ मा प्रकाशित

गत ७ जुन २०२१ का दिन म्यानचेष्टर विगेनमा क्यूएफसी चिकेन एण्ड पिच्चा संचालक राज सिटौला (राजेन्द्र शर्मा) र शैलेन्द्र पाठकले नेपाली विद्यार्थी माथि कुटपीट गरेका छन ।आईतवार राति लठ्ठ मातेर विद्यार्थी बस्ने घरमा आई डिष्ट्रव गर्ने र ढोका खोल्न लगाई अन्ततः गोमा लामा र भविन पौडेल माथि कुटपिट गरेका छन ।

विहान साढे ५ बजे सिटौला र पाठकले होहल्ला गर्दै, अर्का विद्यार्थीको कोठामा पसेर ठूठूलो म्यूजिक बजाई निहू खोजेका थिए । उनीहरु कुटपीट गर्ने पूर्व योजना अनुसार नै आएको कुरा पीडितहरुले बताएका छन । सिटौलाले संचालन गर्ने क्याफेमा समेत नेपालबाट अध्ययन गर्न आएका विद्यार्थीहरुलाई श्रम शोषण गर्ने गरेको बताईएको छ । उनले प्रतिघण्टा ५ पाउण्डको दरले दिने र एउटै काम गर्ने पाकिस्तानीहरुलाई चाहि धेरै दिने र समयमा पैसा नदिने र पैसा माग्दा डन गरेर आएको भनी डर देखाउने काम गर्दै आएको समेत पीडितहरुले बताएका छन ।

पीडित लामा र पौडेलले स्थानीय प्रहरीलाई जानकारी गराईसकेको भएपनि अझै असुरक्षित महशुस गरि उनीहरुले युकेको मिडियालाई हारगुहार गरेका हुन । कुटपीट पछि पनि सिटौलाले फेसबुकमा स्टाटस लेखेर साथै उनका साथीहरु मार्फत धम्कि दिइरहेका छन । सिटौला र पाठकले कुटपीट गरेको भिडियो पनि यो मिडियालाई उपलब्ध गराई सकेको छ ।

पीडितका अनुसार पाठक चाहि सिटौलाको टेकवे डेलिभरी ड्राइभरको रुपमा काम गर्दै आएका छन । यो घटना चोर्ले स्ट्रीट, वोल्टन म्यान्चेष्टरमा घटेको हो । रेष्टुरेष्ट संचालक सिटौला पनि सोही स्थान बोल्टनमा बस्दै आएका छन ।

सिटौलाले विद्यार्थीको आवागमन संगसगै गत सेप्टेम्बर २०२० मा सो रेष्टुरेष्ट खोलेका थिए । सो रेष्टुरेष्टमा पीडित पौडेल ३ महिना अघि सम्म काम गर्दथे भने लामा सो रेष्टुरेष्ट संग सम्बन्धित थिइनन् ।  पीडित बस्ने घरको माथिल्लो तल्लामा मंन्जिल श्रेष्ठ, स्वर्णिम विक्रम रावत र सुजन राई बस्दथे र उनीहरुलाई रेष्टुरेष्टबाट लिएर आएको बखत ढोकाखोली भित्र पसेर हातपात गरेका थिए ।

पीडितहरुले उपलब्ध गराएको भिडियोमा फलामको रड बोकेर लडदै गरेको देख्न सकिन्छ । पीडित पक्षले जीउधनको सुरक्षाको निम्ति सहयोग याचना गरेका छन । पीडक पक्षको कुरा चाहि आउन बाँकी छ ।

पीडित लामा र पौडेल लगायत झण्डै सयको हाराहारीमा नेपालबाट इन्टरनेशनल विद्यार्थीहरु वोल्टन यूनिभर्सिटीमा अध्ययन गर्न आएका छन । विज प्राईभेट कन्सल्टेन्सी वोल्टनको निम्ति क्रियटिभ नेपाल कन्सल्टेन्सी र किग्स इन्टरनेशनल कन्सल्टेन्सीबाट युके अध्ययनलाई आएका हुन ।

 

प्रतिक्रिया