भोको पेटलाई सूर्य चन्दको साथ

इनेप्लिज २०७८ जेठ २५ गते २३:०५ मा प्रकाशित

काठमाडौं।कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख १६ गतेदेखि सुरुमा एक हप्ताका लागि गरिएको निषेधाज्ञा थपिने क्रम जारि छ।

निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको,मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका असाहय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरू भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ।एकातिर यो महामारीमा दैनिक हजारौ संक्रिमित भइरहेका र सयौंले ज्यान गुमाइरहेका छन् भने अर्कोतिर दैनिक ज्याल र मजदुरी गर्ने तथा असाहयहरू खान नपाउने अवस्था सिर्जना भएको छ । यस्तोमा केही मनकारी व्यक्तिहरूले सहयोग पुर्याइरहेका छन्।यस्तै मध्येका एक हुनुहुन्छ, सूर्य चन्द।उहाँले निषेधाज्ञाको सुरु देखि सहयोग पुर्याउँदै आउनु भएको छ।सुरुमा आफ्नै खर्चले सहयोग गर्दै आउनुभएको उहाँले पछिल्लो समय विभिन्न सहयोगी हातहरूको साथमा राहत वितरण गर्दै आउनुभएको छ।मानिसहरु यस विषम परिस्थितिमा भोकले छटपटिएर बस्न बाध्य छन्।त्यहि भोको पेटहरुलाई सहयोग गर्न आफ्नो ज्याननै जोखिममा राखेर हरेक दिन पिडितहरुको घरमा खाद्यान्न राहत पुर्याउन ब्यस्त छन् सूर्य चन्द।

निषेधाज्ञा लम्बिदै जाँदा चुलो बल्न छाडे पछि प्रत्यक्ष सम्पर्क तथा विभिन्न व्यक्तिको सिफारिसमा राहत पुर्याईरहेको चन्दले बताउनुभयो । उहाँले हाल सम्म विभिन्न ५०० भन्दा बढी नेपाली जनता जसमा कलाकार, गायक गायिका तथा सर्बसाधारण व्यक्तिहरुलाई चामल,दाल,नुन,तेल लगायतका सामग्री उपलब्ध गराएको बताउनुभयो । यस्तै सडकमा आश्रित भोका पिडित जनतालाइ खाना खुवाउदै आउनुभएको छ।त्यसैगरी विभिन्न आश्रममा रहेकालाई खाद्यान्न राहत,नगद सहयोग र खाना खुवाउने कार्यक्रम समेत गर्दै आउनुभएको छ।त्यसैगरि दिर्घरोगि,असाहय बिरामीहरुलाई सहयोग गर्दै आउनुभएको छ।

यस्तै उहाँले महामारीमा अहोरात्र जनताको सेवामा खटिनुभएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूलाई उपत्यकाको विभिन्न स्थानमा पुगेर मास्क, सेनिटाईजर र पानी पनि वितरण गर्दै आइरहनु भएको छ । उहाँहरूको हौसला बढाउन केही दिन पहिला विभिन्न ठाउँमा पुगेर सुरक्षाकर्मीलाई गुलावको फूल वितरण पनि सूर्यले गर्नुभएको थियो।

बिगतको महाभुकम्प,बाडीपहिरो, प्राकृतिक बिपत्तिको समयमा समेत सक्रिय भई सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका उनले गत बर्षको लकडाउनमा लगातार तीन महिना खाना खुवाउने कार्यमा पूर्णरुपमा सहभागिता रहेको थियो।यसपाली पनि उहाँ यस कार्यमा सक्रिय भएर लाग्नुभएको छ । उहाँलाई यस कार्यमा नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्ल,समाजसेवी अञ्जु बुढाथोकी,गीतकार अम्बिका गुरुङ,चलचित्रकर्मी एभरेस्ट सुर्य बोहरा, गायक विश्व नेपाली,समाजसेवी लक्ष्मि थापा,लतिका श्रेष्ठ,समाजसेवी निशु झा,आश्विन झा,बद्री श्रेष्ठ,सौन्दर्यकर्मी जस्मिन मुनिकर, समाजसेवी नेहा मंजु गुरुङ, गायिका सहिमा श्रेष्ठ, गीतकार बोध शर्मा,सौन्दर्यकर्मी रचना शाक्य,समाजसेवी अनु उर्मिला सेरचन,अधिबक्ता प्रिती कार्की लगायतले साथ दिनु भएको छ । ‘सुरुमा म आफैँ आफ्नै व्यक्तिगत खर्चमा आफूले सक्दो राहत पुर्याउन लागेको थिए,तर पछिल्लो समय मलाई विभिन्न व्यक्तिहरूले यस कार्यमा सहयोग पुर्याई रहनुभएको छ’, उहाँले भन्नुभयो।यस पवित्र कार्यका लागि इच्छुक व्यक्तिहरूले आफूलाई सम्पर्क गर्नसमेत उहाँले अपिल गर्नुभएको छ।सूर्य चन्द आफैँमा एक कुशल सञ्चारकर्मी, कलाकार हुनुहुन्छ भने कला क्षेत्र र समाजसेवामा उहाँको त्यतिकै लगाव रहेको छ।

प्रतिक्रिया