कोरोना महामारीबाट जोगिन चांडो भन्दा चांडो भ्याक्सिन लगाउने ब्यबस्था गर्न बिज्ञको राय

इनेप्लिज २०७८ जेठ २२ गते ६:०० मा प्रकाशित


काठमाडौ । बरिष्ठ सरुवा रोग बिशेषज्ञ डा शेरबहादुर पुनले कोरोना महामारीको जोखिम अझै पनि रहेकोले थप सतर्कता आबश्यकता रहेको बताउनुभएको छ ।
डा पुनले पहिलो भन्दा दास्रो निकै्र खतरा देखिए जस्तै तेस्रो पनि कम खतरा नहुने भएकोले सबै भन्दा बढी सतर्कता र सजगतको खांचो रहेको औल्याउनुभएको छ ।
रोटरी क्लब अफ काठमाडौ डाउनटाउको बैठकमा अहिलेको कारोना महामारीको अबस्थाबारेमा जानकारी गराउदै डा पुनले बितेको केही समय महामारीले निकै भयाबह रुप लिएकोमा केही दिन यता केही हदसम्म कम पनि भएको उल्लेख गर्नुभएको छ।

कोरोना भाइरसको तेस्रो लहरले बालबालिकालाई अफ्ट्यारो पार्ने कुरा आएकोले त्यसतर्फ ध्यान दिन आग्रह गर्र्देै डा पुनले घरमा सुरक्षित साथ बस्नुपर्ने र कथंकदाचित देखिएमा आइसोलेशनमा बस्नु नै उपयुक्त हुने बताउनुभएको छ।
१८ बर्ष भन्दा माथिका नागरिकलाई त कोरोनाबाट बच्न भ्याक्सिन नै सबै भन्दा राम्रो भएको तर बालबालिकालाई भ्याक्सिन लगाउने भ्याक्सिनकाबारेमा अध्ययन जारी रहेकोले बालबालिकालाई निकै सतर्कताका साथ सुरक्षित राख्न अभिभाबकको ठुलो भुमिका हुने कुरा स्पष्ट पार्नुभएको छ।

कोरोना भाइरस लागेका नागरिकहरुको उपचार र त्यसबाट बच्न जानकारी मुलक सन्देश प्रबाह समेत गर्देै आउनुभएका डा पुनले भ्याक्सिन लगाएका ९५ प्रतिशत कोरोनाको जोखिमबाट बचेको उल्लेख गर्दे भ्याक्सिनको महत्व निकै भएको बताउनुभएको छ।

उहांले चांडो भन्दा चाडो आम नागरिकहरुलाई भ्याक्सिन लगाउने प्रबन्ध सरकारले गर्नुपर्छ भन्दै डा पुनले पहिलो डोज लगाएकाहरुले १२ हप्तापछि छिटो भन्दा छिटो भ्याक्सिन लगाउनुपर्छ अन्यथा डोजको रेसियो कम हुदै जाने जानकारी गराउनुभएको छ।

क्लबका अध्यक्ष श्याम पराजुलीको अध्यक्षतामा भएको बैठकमा डा पुनले शुरुमा भ्याक्सिन लगाउने कुरामा पनि धेरैको मनमा अनेक आशंका थियो तर जब भ्याक्सिनको महत्व अहिले आएर सबैले बझ्न थालेपछि त्यसपछि सबैको ध्यान कहिले भ्याक्सिन लगाउन पाइन्छ भन्ने भएको छ भन्नुभयो । बैठकमा क्लबका सचिब राजकुमार बैदबार , बरिष्ठ पत्रकार टंक पन्त , स्थानेश्वर रेग्मी , मीन केसी लगायतका बिशिष्ट ब्याक्तित्वको सहभागिता रहेको थियो।

प्रतिक्रिया